मारुती सुजुकी भिटारा ब्रेजाले भारतीय बजारमा चार लाख युनिट बिक्री गर्दै नयाँ रेकर्ड बनाएको छ । ब्रेजाले कम्प्याक एसयुभी सेग्मेन्ट अन्तर्गत ४४ प्रतिशत मार्केट सेयर प्राप्त गरेको उल्लेख गरेको छ । मासिक औषत १३ हजारभन्दा बढी युनिट बिक्री हुँदै आएको ब्रेजा सन् २०१८ मा १ लाख ५५ हजार ४६६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ ।
त्यसैगरी सन् २०१७ मा १ लाख ४० हजार ९४५ युनिट र २०१९को जनवरीमा १३ हजार १७२ युनिट ब्रेजा बिक्री भएको थियो । ब्रेजाको बिक्री गतवर्षको जनवरीको तुलनामा यसवर्षको सोही अवधिकामा १२ प्रतिशतले बिक्री बढेको छ ।
मारुती सुजुकीले सन् २०१८ को मे महिनामा ब्रेजाको एएमटी भेरियन्ट सार्बजनिक गरेको थियो । यसप्रति ग्राहकको उच्च आकर्षण रहेको कम्पनीले दाबी गरेको छ ।
ब्रेजामा दिइएको १.३ लिटर डिजेल इन्जिनले ९० पीएस पावरका साथै २०० एनएम टर्क उत्पादन गर्छ । ब्रेजामा टचस्क्रृन इन्फोटेनमेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, रिभर्स क्यामरा, अटोमेटिक हेडल्याम्प विथ प्रोजेक्टर, रेन सेन्सिङ वाइपरलगायतका विशेषता रहेको छ ।

