काठमाडौं । मारुती सुजुकीको सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी ब्रेजा पेट्रोल इन्जिनमा उपलब्ध भएसँगै यो सेग्मेन्टमा नै सर्वाधिक विक्री हुने मोडल भएको छ । यसलाई ग्राहकले मासिक ३२ हजार किस्ता तिर्नेगरी खरिद गर्न सक्ने छन् ।
ब्रेजामा १.५ लिटर क्षमताको फोर सिलण्डर, पावरफुल पेट्रोल इन्जिनको प्रयोग भएकोले कम्प्याक्ट एसयूभी खोज्ने ग्राहकले पनि ब्रेजा मनपराएको कारण यसको विक्री राम्रो संख्यामा हुन सकेको जानकारहरुको भनाई छ ।
यो सेग्मेन्टमा हुन्डाई भेन्यू, किया सोनेट, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडल भएपनि ब्रेजाको पावरफुल इन्जिनले यसलाई सेग्मेन्टमा अलग पहिचान दिएको छ ।
चाडपर्व नजिक आएसँगै मारुती सुजुकीले ‘पर्वोत्सव’ स्कीम सार्वजनिक गरेर ग्राहकलाई आकर्षित गरिरहेको छ । यो स्कीममा ब्रेजा किन्ने ग्राहकले १ लाख ७० हजार नगद छुट, एक वर्षको बीमा सुविधा, स्क्र्याचकार्ड मार्फत २० हजारदेखि ७० हजारसम्म नगद जित्ने अवसर, एक्स्चेन्ज गर्ने ग्राहकले १ लाख ५० हजार बोनस, यसअघि सुजुकीका गाडी चढिरहेका ग्राहकले २० हजार लोयलटी बोनस पाउने छन् ।
तीन भेरियन्टमा उपलब्ध
आधिकारीक विक्रेता सिजी मोटोकर्पले मारुती सुजुकी ब्रेजा विभिन्न ३ भेरियन्टमा उपलब्ध गराएको छ । कम्पनीले ब्रेजाको भिएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस ड्यूलटोन भेरियन्ट बजारमा विक्री गर्दै आएको छ ।
कम्पनीले विक्री गर्ने भिएक्सआई भेरियन्टको मूल्य ४१ लाख ९९ हजार, जेडएक्सआई प्लस भेरियन्टको ४६ लाख १९ हजार र जेडएक्सआई प्लस ड्यूलटोनको मूल्य ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
कति पर्छ मासिक किस्ता
कम्पनीले दिएको नगद छुट अनुसार हेर्दा ब्रेजा भिएक्सआईमा कम्तीमा १ लाख ९० हजार रुपैयाँ छुट हुन्छ । गाडीको मूल्य ४१ लाख ९९ हजार तोकिएकोले छुट घटाउँदा यसको पर्ने मूल्य ४० लाख ९ हजार रुपैयाँ हुन्छ ।
ग्राहकले २० लाख ४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्ने हुन्छ । बाँकी रकम बैंकबाट कर्जा लिन सकिन्छ । अहिले बैंकको व्याजदर बढ्दो क्रममा रहेकाले ग्राहकले कम्तीमा ९ प्रतिशत हाराहारी व्याज तिर्नु पर्ने हुन्छ । ७ वर्षको लागि बैंकबाट बर्जा लिँदा ग्राहकले ३२ हजार २५० रुपैयाँ तिर्नु पर्ने देखिन्छ ।
यदि जेडएक्सआई प्लस वा ड्यूल टोन भेरियन्ट किन्ने हो भने ग्राहकले करिब ३६ हजार रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।


