मारुती सुजुकी ब्रेजा पेट्रोल इन्जिनमा आँकलनभन्दा चाँडो आउने

मारुती सुजुकीले आफ्नो बहुचर्चित भिटारा ब्रेजाको पेट्रोल भेरिएन्ट अनुमान गरिएभन्दा चाँडो सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०१९ को अन्त्यसम्ममा नै भिटारा ब्रेजालाई बजारमा ल्याउने तयारी गरेको भारतीय मिडियाले जनाएका छन् । 

मारुती सुजुकी भारतीय बजारमा निकै आक्रमक बजार बिस्तामा लागेको छ । उसले तीन दिन अगाडि सियाजको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको थियो । कम्पनीले सियाजमा १.४ लिटर के–१४ बी रेगुलर युनिटको सट्टामा १.५ लिटर फोर सिलिन्डर के–१५ बी पेट्रोल इञ्जिन लगाएको छ । 

कम्पनीले सम्भवत भिटारा ब्रेजामा १.५ लिटर फोर सिलिन्डर के–१५ बी पेट्रोल इञ्जिन दिने छ ।  

कम्पनीले नयाँ पावरट्रेनअन्तर्गत मिल्ड हाईब्रिड रि–जेनेरिटिभ ब्रेकिङको प्रयोग गरिएको छ भने म्यानूअल तथा फोरस्पीड अटोमेटिक ट्रान्समिसनका लागि २१.५६ र २८.०९ केएमपीएल फ्यूल ईकोनोमीको प्रयोग गरिएको छ । 

यो परिमार्जित पेट्रोल भर्सनको प्रयोगसँगै कम्पनीले २०१८ एसक्रशमा स्पीड अलर्ट प्रणाली, सिटबेल्ट रिमेन्डर र रियर पार्किङ असिस्टको सुविधासमेत थपगर्ने तयारी गरेको छ ।

यी सबै विशेषता अब आउने नयाँ पेट्रोल भेरिएन्ट ब्रेजामा आउने कम्पनीले जानकारी दिएको छ ।  यसका अलवा एसक्रशको डेल्टा भेरियन्टमा समेत नयाँ विशेषता दिइएको छ । ब्रेजा अहिलेपनी निकै आर्कषक भएपनि सहरी ग्राहकमाझ सफल हुन पेट्रोल भर्सन अनिवार्य मानिएको छ । 


Back_to_top