शक्तिशाली पेस्तोल एके–४७ निर्माण गर्दैआएको कलास्निकोभले अब इलेक्ट्रीक कार निर्माण गर्ने भएको छ । कम्पनीले निर्माण गर्ने इलेक्ट्रीक कारले टेस्लालाई चुनौती दिने अनुमान गरिएको छ । कम्पनीले निर्माण गर्ने रेट्रो लुक्सको कारको नामसिभी–१ राखिएको छ ।
सन् १९७० मा निर्माण भएको इज्–कोम्बीसँग मिल्दोजुल्दो आकारको यस कारमा अत्याधुनिक विशेषता दिइने कम्पनीले जनाएको छ । यो कारले सिङ्गल चार्जमा ३५० किलोमिटरसम्मको दूरी तय गर्नेछ । कारको म्याक्सिमम् पावर ५०० किलोवाट रहेको छ । टेस्लामोडल–३ को म्याक्सिमम् पावर १५० किलोवाटमात्रै रहेको छ ।
यो कारको टपस्पीड क्षमता प्रतिघन्टा ५० माइल रहेको कम्पनीको दाबी छ । जबकि टेस्लाको तीन इलेक्ट्रीक मोडलको टपस्पीड क्षमता प्रतिघन्टा १४० माइल रहेको छ । कारले ० देखि १०० किलोमिटरको रफ्तार पकड्न ६ सेकेन्ड लगाउने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार कारमा क्रान्तिकारी इन्भर्टको प्रयोग गरिएको छ । यसले, इलेक्ट्रीक अप्लाइसेञ्जसम्म पावर सप्लाई गर्ने गर्छ ।
कार निर्माण गर्ने योजनामा रहेको कम्पनीले आफ्नो आधिकारीक धारणा व्यक्त गरेको छैन । फ्यूचरिस्टिक इलेक्ट्रीक सुपरकार निर्माण गर्ने कलास्निकोभले इलेक्ट्रीक अफ रोड मोटरबाइकसमेत बनाउँदैआएको छ । हालै, कम्पनीले रसिया राष्ट्रपति भ्लादिमिर पुटिनको लागि अत्याधुनिक सुविधासहितको मोटरसाइकल निर्माण गरिरहेको छ ।


