काठमाडौं । विमिस्टेक सम्मेलनलाई मध्यनजर गर्दै उपत्यकामा सवारी साधन संचालनमा जोर बिजोर नम्बर लागु हुने भएको छ ।
भदौ १३, १४ र १५ गते उपत्यकाका सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
जोर बीजोर प्रणाली अन्तर्गत भदौ १३ गते बिजोर, १४ गते जोर र १५ गते विजोर नम्बरका सवारी मात्र उपत्यकामा चल्न पाउने छन् ।
यो नियम निजी तथा सार्वजनिक सबै सवारी साधनमा लागू हुने छ ।
विमिस्टेकको चौथो शिखर सम्मेलनमा सुरक्षा व्यवस्था बलियो वनाउन सवारी व्यवस्थापनको लागि जोर विजोर प्रणाली लागु गर्न लागिएको हो ।


