सार्वजनिक भयो सुजुकी सियाज डिजेल भर्सन, प्रतिलिटर २६ किमि माइलेज

मारुती सुजुकीले बहुप्रतिक्षीत १.५ लिटर डीडीआइएस २२५ डिजेल इन्जिनयुक्त सियाज भारतमा सार्वजनिक गरेको छ । कम्पनीले यस मोडलको मूल्य ९ लाख ९७ हजार देखि ११ लाख ३७ हजार भारुसम्म निर्धारण गरेको छ ।

यसमा उपलब्ध  इन्जिनले ४ हजार आरपीएममा ९४ बीएचपी पावरका साथै १५ सयदेखि २५ सय आरपीएममा २२५ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड ट्रान्समिसन दिइएको छ । उक्त मोडलले प्रतिलिटर २६.८२ लिटर माइलेज दिने कम्पनीको दाबी छ ।

डिजेल इन्जिनयुक्त सियाज, डेल्टा, जिटा र अल्फा तीन भेरियन्टमा उपलब्ध रहेको छ । उक्त इन्जिन बीएस ६ मापदन्ड अनुसार निर्माण भएको कम्पनीले जनाएको छ । १.५ लिटर डिजेल इन्जिन उपलब्ध मोडलमा भने कम्पनीले माइल्ड हाइब्रिड सिस्टम प्रदान गरिएको छैन । तर, १.३ लिटर डिजेल इन्जिन उपलब्ध सियाज र १.५ लिटर पेट्रोल इन्जिन भएको सियाजमा भने माइल्ड हाइब्रिड सिस्टमको व्यवस्था गरिएको छ ।

डिजेल इन्जिनयुक्त सियाजमा कुनै नयाँ परिमार्जन गरिएको छैन । यो मारुती मिड साइज सेडानले, हुन्डाइ भर्ना, होन्डा सिटी र टोयोटा यारिससँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 


Back_to_top