रोयल इन्फिल्डले EICMA अटो शो २०१८ मा प्रदर्शनीमा राखेको बाइक रोयल इन्फिल्ड बोबर मोडल–८३८ बाइक बैंकक अटो शोमा पनि प्रर्दशनीमा राखेको छ । कम्पनीले यो बाइकको नाम केएक्स कन्सेप्ट राखेकोे छ ।
उक्त बाइक बैंकक अटो शोमा रोयल इन्फिल्डका एपीएएस रिजनल ९एसिया पेसेफिक० बिजनेश हेड बिमल सुम्व्लेले सार्वजनिक गरेको हुन् ।
कम्पनीले यो बाइक केही समय पश्चात् थाइल्याण्डमा उत्पादन थाल्ने जनाएको छ । भारत पछि रोयल इन्फिल्ड बाइक उत्पादन हुने अर्को देश थाइल्याण्ड रहेको छ ।
सबै जसो बोबर तथा क्रुजर बाइकहरुमा जस्तै यसको कन्सोललाई पनि राउन्ड सेप आकार दिइएको छ । अरुको समान देखिएता पनि यसको कन्सोल क्लासी एनालग लुक्स दिएको छ । तर यसको कन्सोल पुर्णत डिजिटल रहेको छ ।
यसमा कलर कोडेड टेकोमिटर, गियर इन्डिकेटर, स्पीडोमिटर, वाच, ट्रिप मिटर, जीपीएस, ब्लुटुथ हटस्पट जस्ता थुप्रै फिचर रहेको छ । कन्सोल कन्ट्रोलका लागी लेफ्ट ह्यान्डल वारमा रहेको स्पेशल स्वीच दिएको छ । साथै, यो कन्सोलका धेरै फिचर टचस्कृनसमेत रहेको बताइएको छ । कम्पनीको यो रेट्रो मोड्रन कन्सोल एउटा नौलो इनोभेसन रहेको छ । रोयल इन्फिल्डले यसलाई अन्य उत्पादनमा समेत प्रयोग गर्न सक्ने बताइएको छ ।
यो बाइक उत्पादनमा पुग्नका लागी २ बर्ष ५ महिना लागेको हो । यो समयमा राइडरका सहजताका प्राक्टिकल प्रपोजमा थुप्रै परिवर्तन भएको कम्नपीको दावी रहेको छ ।
यो बाइकको उत्पादन पश्चात् हार्ले आइरन ८८३ सँग यसको सिधा प्रतिस्पर्धा रहने छ । भारतीय बजारमा हार्लेको भन्दा रोयल इन्फिल्डका प्रशंसको संख्या उल्लेखनीय रहेको छ ।
नेपाली बजारमा समेत रोयल इन्फिल्ड निकै रुचाइएको बाइक हो ।

