होन्डाले ल्याउँदै १५० सीसीको नयाँ बाइक

स्कुटर सेग्मेन्टको सेल्सले टिकेको होन्डाले भारतीय बजारमा नयाँ मोटरसाइकल ल्याउने तयारी सुरु गरेको छ । पछिल्ला दिनमा बजाज, टीभीएस र यामाहाले मोटरसाइकल सेग्मेन्टमा आक्रमकरुपमा बजार बिस्तार गरिरहेको समयमा होन्डाले नयाँ बाइक ल्याउन लागेको हो ।

३०० सीसी सेग्मेन्टमा केही समय अगाडि नयाँ बाइक ल्याएको कम्पनीले अब भने १५० सीसी सेग्मेन्टमा सीबी–१५०आर एक्समोसन बाइक ल्याउने भएको हो । 

सीबी–१५०आरमा बीएस–६ मापदन्ड अनुसारको १५० सीसीको लिक्वीड कुल्ड इन्जिन दिइने कम्पनीले जनाएको छ । उक्त इन्जिनले १८ बीएचपी पावर र १४ एनएम टर्क उत्पादन गर्ने अनुमान गरिएको छ । 

करिब १२५  किलोग्राम तौल हुने अनुमान गरिएको यो बाइकका अधिकाशं फिचरहरु सीबी–३००आरबाट दिने अनुमान गरिएको छ । 

यूएसडी फर्कको साथ आउने यस बाइकमा अल–डिजिटल कन्सोल, राउन्ड एलईडी हेडल्याम्पजस्ता फिचर रहने छन् । भारतीय सुरक्षा मापदन्ड अनुसार यसमा एबीएससमेत हुनेछ ।

यसले भारतीय बजारमा यामाहा एमटी–१५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top