ट्याक्सी चालकले हर्टअट्याक भएका यात्रुलाई सडकमा फालेपछि…

काठमाडौं । हस्पिटलमा चेकअप गराएर ट्याक्सीमा घर फर्कने क्रममा यात्रुलाई हर्टअट्याक भयो । ट्याक्सी चालकले बिरामीलाई हस्पिटल लानुकाे साटो ट्याक्सीबाट निकालेर सडकमा छाडेर हिँडे । यसरी हर्टअट्याक भएका यात्रुको मृत्यू भयो । यसरी मृत्यू हुने व्यक्ति हुने गोकर्णका गोपाल काररञ्जित ।

बुधबार दिउँसो नियमित स्वास्थ्य परिक्षण गर्न छोरा प्रदिप काररञ्जितले बाबु गोपाललाई स्कुटरमा राखेर हस्पिटल लगेका थिए । मुटुको बिरामी रहेका गोपाललाई छोराले चाबहिल स्थित मेडिकेयर हस्पिटल लगेका हुन् ।

मेडिकेयरमा बाबुको मुटुको स्वास्थ्य परिक्षण भयो । डाक्टरले सबै रिपोर्ट राम्रो छ भनेपछि बाबु छोरा घर (गोकर्ण) फर्कन हस्पिटल बाहिर आए । छोरा प्रदिपले बाबुलाई ट्याक्सीमा घर जान भन्दै उनि आफ्नो काममा लागे । त्यसपछि गोपाल केही बेर त्यतै अलमलिए अनि ट्याक्सी लिएर घर हिँडे ।

  

ट्याक्सी चढेको केही बेरमै उनलाई हर्टअट्याक भयो । ट्याक्सी चाललकले उनलाई अस्पिटल लानुको साटो ट्याक्सी रोकेर हर्टअट्याक भएका गोपाललाई ट्याक्सीबाट निकालेर सडकमा छाडेर भागे । 

बाटोमा गोपाललाई लडिरहेको देखेपछि त्यहाँबाट सर्वसाधारणले प्रहरीलाई खबर गरे । प्रहरीले गोपालसँग भएको छारोको कार्ड भेटे र प्रदिपलाई बोलाए । उनी त्यहाँ पुग्दा बाबु गोपालको मृत्यू भइसकेको थियो ।

ट्याक्सी चालकले गोपाललाई हेल्पिङ ह्याण्ड हस्पिटल अगाडि सडकमा फालेको उक्त हस्पिटलको सीसी टीभी फुटेजमा देखिएको छ । ट्याक्सी चालकको सामान्य मानविय सम्वेदनहीनताका कारण गोपालको मृत्यू भएको देखिन्छ ।

सायद ती ट्याक्सी चालकले गोपाललाई हस्पिटल लगिदिएको भए उनी बाँच्न सक्थे कि । अहिले उक्त ट्याक्सी प्रहरीको नियन्त्रणमा आइसकेको छ ।

भिडियो सरोज बस्नेतको ट्वीटरबाट 


Back_to_top