महिन्द्राको नयाँ वर्षमा योजना ‘खुसी आउँछ बन्डलमा’

काठमाडौं । महिन्द्राको लागि नेपालको आधिकारीक बितरक अग्नी ग्रुपअन्र्तगतका अग्नी मोटोइन्कले नयाँ वर्ष २०७६ को अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ । कम्पनीले ल्याएको ‘खुसी आउछ बन्डलमा’ योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

स्क्र्याच कुपनमा न्यूनतम दस हजारदेखि एक लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा रहेको छ । महिन्द्राले यो योजना अवधिभर मोटरसाइकल तथा स्कुटर खरिद गर्नेलाई आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्रदान गर्नेछ ।

सो अवधि भित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ । हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।


Back_to_top