हिरो मोटोकर्पले आगामी अप्रिलमा प्रिमियम स्कुटर हिरो मस्ट्रो एज–१२५ सार्वजनिक गर्ने भएको छ । यसमा आइथ्रीएस प्रविधिको साथै, इन्जिन स्टार्ट अफ सिस्टम, ब्रेकिंग सिस्टम, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अप्सनल फ्रन्ट डिस्क ब्रेक, रिमोट कन्ट्रोल ओपनिंगलगायतका विशेषता दिइएको छ ।
यसको फ्रन्टमा १२ इन्च र रियरमा १० इन्च अलोय ह्वील रहने छ । यो स्कुटर १२५ सीसी फ्युल इन्जेक्टेड सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । जसले ६ हजार ७ सय ५० आरपीएमा ८.७ बीएचपी पावरका साथै ५ हजार आरपीएममा १०.२ एनएम टर्क उत्पादन गर्छ ।
यस स्कुटरमा आइथ्रिएस आइडल स्टार्ट स्टप प्रविधी, आइथ्रिएस प्रविधी लगायतका विशेषता दिइएको छ । यसको रेगुलर मोडलमा ११० सिसि एयरकुल्ड इन्जिन दिइएको छ । जसले, ८ बीएचपी पावरका साथै ८.७ एनएम टर्क उत्पादन गर्छ ।

