काठमाडौं । पछिल्लो समय विभिन्न अटोमोबाइलस कम्पनीले टर्बाेचार्ज्ड पेट्रोल इन्जिनयुक्त गाडीको उत्पादन गरिरहेका छन् ।
तुलनात्मकरुपमा वातावरणमैत्री हुने यी कारहरु कम सीसीमा उच्च पावर उत्पादन गर्न सक्ने किसिमका रहेका छन् । पछिल्लो समयमा टाटा, महिन्द्रा, मरुती सुजुकी, हुन्डाई जस्ता नेपाली कजारमा निकै रुचाईएका कम्पनीहरुले टर्बोचार्ज्ड इन्जिन भएका गाडीहरु ल्याइरहेका छन् ।
सबै कम्पनीका उत्पादन नेपाली बजारमा उपललब्ध नभएपनि केही कम्पनीले भने नेपाली बजारमा यस्ता इन्जिन युक्त कारहरु बिक्री गर्दै आएको छ ।
टाटा नेक्सन
भारतीय गाडी उत्पादक कम्पनी टाटाले उत्पादन गरेको नेक्सन सबैभन्दा सुरक्षीत कम्प्याक एसयुभीको रुपमा रहेको छ । यसलाई कम्पनीले दुई इन्जिन अप्सनमा बजारमा ल्याएको छ । टर्बाेचार्ज्ड इन्जिनयूक्त नेक्सनमा १.२ लिटर रिभोटर्क फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ११० पीएस पावरकासाथै १७० एनएम टर्क उत्पादन गर्छ ।

यसमा ६ स्पीड अटोमेटिक र म्यानुयल ट्रान्समिसन जडान गरिएको छ । यसको नेपाली बजारमा मूल्य ३४ लाख ९५ हजारदेखि ४५ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ । यसमा ईको, स्पोर्ट र सिटी गरि तिन ड्राइभिङ मोड उपलब्ध रहेको छ ।
नेपालको लागि टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले विगत एक वर्षदेखि बिक्री गर्दै आएको यो कम्प्याक एसयूभीले निकै राम्रो बजार हिस्सा पाउन सफल भएको छ ।
एमजी जेडएस
एमजी (मोरिस ग्यारेज)को उत्पादन नेपाली बजारमा विगत केही समयदेखि बिक्री वितरण हुँदै आएको छ । पारामाउन्ट मोटर्सले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एमजी जेडएसमा १.० लिटर टर्बोचार्ज्ड इन्जिन दिइएको छ । उक्त इन्जिन ११० बीएचपी पावर र १६० एनमएम टर्क जेनेरेट गर्छ ।

यसमा ६ स्पीड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ भने, यसको नेपाली बजारमा मूल्य ५९ लाख ६० हजार रुपैयाँ रहेको छ । निकै फिचर प्याक यो एसयूभीमा पानारोमिक सनरुफ, पुसबटम स्टार्ट जस्ता विशेषता रहेका छन् ।
महिन्द्रा एक्सयूभी ३००
महिन्द्राको नयाँ कम्प्याक एसयूभी एक्सयूभी–३०० पनि टर्बाेचार्ज्ड इन्जिनयुक्त पावर फुल कारको रुपमा लिइन्छ । महिन्द्रा एक्सयुभी ३०० डिजेल र पेट्रोल दुबै इन्जिनम उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ ।

यसको इन्जिनमा ६ स्पीड म्यानुयल ट्रान्समिसन दिइएको छ । फागुन १० गते भएको महिन्द्रा उदयमा सार्वजनिक भएको एक्सयूभी ३०० को आधिकारीक बिक्री भने पाली बजारमा सुरु भएको छैन । यद्यपी महिन्द्रको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेटले भने यसको बुकिङ लिइरहेको जनाएको छ । अहिल्यै यसको नेपाली बजारमा मूल्य नतोकिएपनि भारतीय बजारमा भने यसको इन्ट्री भेरियन्टको मूल्य ८ लाख ४९ हजार भारतीय रुपैयाँ रहेको छ ।
फक्सवागेन पोलो
फक्सस्वागेन पोलो जिटी टिएसआई क्रसओभर मोडलमा १.२ लिटर फोर सिलिन्डर टर्बाेचार्ज्र्ड पेट्रोल इन्जिन लगाइएको छ । यसले १०५ पीएस पावरका साथै १७५ एनएम टर्क उत्पादन गर्छ । यसले प्रतिलिटर १७.२१ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

यसमा ७ स्पिड डबल क्लच डिएसजी ट्रान्समिसन दिइएको छ । नेपाली बजारमा पुजा इन्टरनेशनलले बिक्री वितरण गर्दै आएको यसको मूल्य ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।
फोर्ड इकोस्पर्ट एस
सन् २०१३ मा फोर्डले भारतीय बजारमा सार्वजनिक गरेको इकोस्पोर्ट नेपाली बजारमा पनि उपलब्ध हुँदै आएको छ । फोर्डको नेपालको लागि आधिकारीक वितरक जिओ फोर्डकाअनुसार पछिल्लो दिनमा सीसी र मूल्यको विषयले ग्राहकमा केही कन्फ्युजन भएसँगै टर्बोचार्ज्ड इन्जिनयूक्त इकोस्पोर्ट अडरको आधारमा मात्रै कम्पनीले उपलब्ध गराउँदै आएको छ ।

यसमा १.० थ्री सिलिन्डर इकोबुस्ट टर्बाेचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । जसले ६ हजार आरपीएममा १२५ बीएचपी पावरका साथै १५ सय देखि ४५ सय आरपीएममा १७० एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ । यसको मूल्य करिब ४४ लाख हाराहारीमा पर्नेछ ।

