नयाँ डोमिनारले पाउला बजार, पुरानोभन्दा मूल्यमा कति फरक ?

बजाजले नयाँ डोमिनार फेसलिफ्ट भारतीय बजारमा सार्वजनिक गरेको छ । यस अघि कम्पनीले भारतका विभिन्न सडकहरुमा डोमिनारको परिक्षण गरिरहेको थियो ।

बजाज डोमीनारको दिल्लीमा एक्स शोरुम मूल्य १ लाख ७३ हजार भारु तोकिएको छ जुन पुरानो भर्सनको भन्दा १० हजार रुपैयाँले धेरै हो ।

डोमिनार २०१९मा अपसाइड डाउन फ्रन्ट फर्कले टेलीस्कोपिक फर्कलाई विस्थापन गरेको छ । त्यस्तै, यसमा नयाँ डियूल–ब्यारल एक्हस्ट दिइएको छ जुन डुकाटी डियाभलबाट प्रेरित छ ।

कम्पनीले डोमिनारमा फुल–एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । जुन अहिलेको भन्दा बढि चम्किलो र धेरै फिचर थप गरेको छ । जसमा आरपीएम अर्लट, फ्यूल गज, गियर इन्डिकेटर, क्लक, स्पीडोमिटर जस्ता फिचर समावेश गरिएको छ । यस बाइकमा इन्जिन रनिङ कुलर राखिएको छ । त्यस्तै, रेडिएटर साइज अपडेट गरिएको छ । 

बजाज डोमिनारमा इन्जिनमा भने खासै परिवर्तन गरेको छैन । यस बाइकमा ३७३ सीसी, सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिइएको छ । यसमा लगाइएको इन्जिनले ४० बीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । 

यो बाइकले केटीएम डुक ३९०, बिएमडब्ल्यु ३१० आर जस्ता बाइकसँग प्रतिस्पर्धा गर्ने छ ।


Back_to_top