काठमाठौं । भारतीय दुईपाँग्रे इलेक्ट्रीक उत्पादक म्याटरले आर्टिफिसियल इन्टेलिजेन्ट (एआइ)मा आधारित नयाँ प्लेटफर्म सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्नो टेक्नोलोजी डे ३.० कार्यक्रम मार्फत भारतकै पहिलो एआई प्लेटफर्म ‘एआई डिफाइन्ड भेहिकल-एआईडीभी) नामक नयाँ प्लेटफर्म देखाएको हो ।
कम्पनीले यो प्लेटफर्म भविष्यमा आउने नयाँ दुईपाँग्रे इलेक्ट्रीक साधनहरु निर्माणका लागि तयार पारेको हो । कम्पनीका अनुसार यो प्लेटफर्मले इलेक्ट्रीक टु-ह्वीलरको क्षेत्रमा नयाँ चरणको सुरूवात गर्नेछ।
अब मोटरसाइकल वा स्कुटर केवल सफ्टवेयर-अपडेट हुने मेसिन मात्र नभई इंटेलिजेन्स-ड्रिभन सिस्टमले जस्तै काम गर्नेछन्। यी साधनले टेक्नोलोजीमा सुधार गर्नेछन् र वास्तविक सडक तथा मौसमको अवस्थाअनुसार अझ स्मार्ट परफर्मेन्स दिनेछन्।
एआइडीभी प्लेटफर्म के हो ?
एआइडीभी अर्थात् एआइ डिफाइन्ड साधन यस्तो भेहिकल आर्किटेक्चर हो, जहाँ इन्टेलिजेन्स केवल डिस्प्ले, कनेक्टिभिटी वा एपसम्म मात्रै सीमित नभइ सिधै भेहिकलको कन्ट्रोल र डिसिजन लेयरमा समावेश हुने सिस्टम हो ।
यसले ब्याट्री धेरै स्ट्रेसमा भएको बेला, मोटरले कुन अवस्थामा कति टर्क दिनुपर्छ, थर्मल म्यानेजमेन्टले कसरी परफर्मेन्स घट्नबाट जोगाउने, भविष्यमा कुन समस्या आउन सक्छ र त्यसलाई पहिल्यै कसरी रोक्ने भन्ने खालका समस्याको समाधान गर्नेछ ।

