मेरोअटो राइडको चौथो संस्करण असोज १६ गते हुँदै

काठमाडौं । मेरोअटो बाइक राइड ४.० (चौथो संस्करण) असोज १६ गते (शुक्रबार) आयोजना हुने भएको छ ।

अटोमोटिभ्स प्रालिले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंदेखि ऐतिहासिक गोरखा दरवारसम्म राइड आयोजना गर्न लागेको हो ।

नेपाल टुरिजम बोर्डबाट बिहान ८ बजे सुरू हुने राइड सितापाइला-धार्के-गल्छी-मुग्लिन-आबुखैरेनी हुँदै गोरखा पुगेर समापन हुनेछ ।

राइडका दौरान विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि पनि हुने छन् । साथै, मुग्लिनमा टोटल इनर्जीले केयर क्याम्प समेत संचालन गर्नेछ ।

अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरिप्रसाद गजुरेलले आन्तरिक पर्यटन प्रवर्द्धन, राइडिङ संस्कृति विकास र राइडारहरू बीच भाइचार बढाउने उद्देश्यले राइड आयोजना गर्न लागिएको बताए ।

‘हामीले विगत ४ वर्षदेखि लगातार राइड आयोजना गर्दै आएका छौं । आन्तरिक पर्यटन प्रवर्द्धन, राइडिङ संस्कृति विकास र राइडारहरू भाइचार बढाउने यसको प्रमुख उद्देश्यले रहेको छ,’ उनले भने । राइडलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।

राइडको मुख्य प्रायोजक टोटल इनर्जी रहेको छ । त्यस्तै, पावर्ड बाइ सिएट टायर, सपोर्टेड बाइमा रोयल इनफिल्ड, हिरो, यामाहा, होण्डा, बजाज र मोर्बिडेली रहेका छन् ।

मेरोअटो राइड विगत ४ वर्षदेखि लगातार आयोजना हुँदै आएको छ । पहिलो संस्करण २०८० मा सोलुखुम्बुको पताले, दोस्रो संस्करण २०८१ मा रसुवाको ब्राबल र तेस्रो संस्करण गत वर्ष दोलखाको खरिढुंगामा सम्पन्न भएको थियो ।


Back_to_top