काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले नेपाल ल्याएको स्पोर्टस् कार नाडा अटो शोमा प्रदर्शनी हुने भएको छ । पारामाउन्ट मोटर्सले भोलिबाट सुरु हुने नाडा अटो शो २०२४ मा यसलाई प्रदर्शन गर्ने भएको हो ।
इलेक्ट्रीक ह्याचव्याक स्पोटर्स कारको रुपमा बजारमा प्रबेश गरेको साइबरस्टर विश्वभर चर्चा कमाउन सफल मोडल हो । रियर ह्वील ड्राइभ मोटरमा नेपाली बजारमा उपलब्ध साइबरस्टरमा २५० किलोवाटको मोटर पाउन सकिन्छ ।

एमजीले आफ्नो इलेक्ट्रीक स्पोर्टस कारमा ७७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५०८ किलोमिटर गुडाउन सकिन्छ । यो एमजीको कन्भर्टेवल स्पोर्टस् कार हो ।

इलेक्ट्रीक साइबरस्टरको लम्बाई ४५३५ एमएम, चौडाइ १९१३ एमएम र उचाई १३२९ एमएम छ । यसको ह्वीलबेस २६९० एमएम रहेको छ । कारमा १९ इन्चको ह्वील, इलेक्ट्रीक हुड, ७ इन्चको टच स्कृन बोस्चको ८ वटा स्पीकर रहेको छ ।







