काठमाडौं । जीएसी मोटर्सको आधिकारीक बिक्रेता सीजी मोटर्सले आफ्नो एवोन वाई मोडलमा नाडा केन्द्रित विशेष स्कीम संचालनमा ल्याएको छ । कम्पनीले ‘नाडा बोनान्जा’ नाम दिएर स्कीम संचालनमा ल्याएको हो ।
कम्पनीले ल्याएको स्कीम अनुसार हरेक एवोन वाईको खरिदमा हिरोको जुम स्कुटर पाउन सक्नेछन् । कम्पनीले स्कुटर नलिने ग्राहकलाई ताज मेगौली सेराईमा दुई जनाको लागि बस्न, खान र जंगल सफारी गर्न दिनुको साथै, ६५ इन्चको एलजीको टेलिभिजन दिने जनाएको छ ।
यसका अलावा एवोन वाई खरिद गर्ने ग्राहकले फाइनान्सको सुविधा, एक्सचेन्ज सुविधा र नगद छुट समेत पाउने छन् । कम्पनीले यो स्कीम भोलि मंगलबारबाट सुरु हुने नाडा अटो शो २०२४ लाई मध्यनजर गर्दै सार्वजनिक गरेको हो ।
चिनियाँ ब्राण्ड जीएसीको इलेक्ट्रीक क्रसओभर मोडल फिचर लोडेड मोडल हो । यसमा ६१.५४ किलोवाट आवरको म्याग्जिन टेक्नोलोजीमा आधारित लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग भएको छ । यसले सिंगल चार्जमा ५०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग गरिएको छ । यसको अधिकतम टर्क २२५ एनएम प्रदान गर्छ । निकै आरामदायी क्याविन रहेको एवोन वाई स्मार्ट फिचरले भरिपूर्ण मोडल हो ।


