काठमाडौं । होन्डा कारको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले होन्डाका कारमा २० प्रतिशत डाउन पेमेन्टमै कार दिने स्कीम ल्याएको हो ।
होन्डाका कारमा ‘अफर माथि अफर’ नाम दिएर ल्याइएको स्कीममा ग्राहकले ५ लाखसम्म सिधै नगद छुट, २ वर्षको लागि पूर्ण बीमा, २ वर्षकै सवारीसाधन कर, सहजै फाइनान्स सुविधा दिने जनाएको छ ।
अहिले ब्याजदर निकै सस्तो भएको कारण कम्पनीले आकर्षक ब्याजदर मै गाडी किन्नेलाई कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । निःशुल्क एशोसरिज, २ वर्ष वा १ लाख किलोमिटरसम्म वारेन्टी, रोड साइड एसिस्टेन्स सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


