एमजी इजेडएस १ लाख तिरेर बुकिङ गर्न सकिने, यस्तो छ मूल्य

काठमाडौं । एमजीको इलेक्ट्रीक कार एमजी इजेडएस नेपाली बजारमा आउने भएको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले एमजी इजेडएसको बुकिङ खुल्ला गरेको हो । 

अघिल्लो साताबाट एमजीको इलेक्ट्रीक कार इजेडएस बारे चासो राख्ने उपभोक्ताहरुबाट बुकिङ लिइएको पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए । 

‘एमजी इजेडएस बारे जिज्ञासा राख्ने र किन्ने इच्छा व्यक्त गरेका उपभोक्ताहरुले गाडीको बुकिङ गर्नु भएको छ,’ अर्यालले मेरोअटोसँग भने । 

कम्पनीले १ लाख रुपैयाँ लिएर एजेडएसको बुकिङ सुरु गरेको हो । नेपाल आइपुग्दा एमजी इजेडएसको मूल्य ५० देखि ५५ लाख रुपैयाँ पर्ने अनुमान गरिएको अर्यालले बताए । 

‘बुकिङ खुल्नु अघि देखि नै इजेडएस बारे जिज्ञासा राख्नेहरुलाई प्राथमिकता दिएका छौं । इजेडएसको निश्चित संख्यालाई स्पेशल मूल्यमा कम्पनीले दिने भनेको छ । त्यसैले पहिला बुकिङ गर्ने ग्राहकले स्पेशल मूल्य पाउन सक्ने छन्’, अर्यालले भने ।  

एमजी

इजेडएस नेपाल आइपुग्न अटो शो लाग्ने अनुमान गरिएको छ । कम्पनीले अटो शोमा इजेडएस प्रदर्शन गर्ने गरि काम गरिरहेको अर्यालको भनाई छ । तर बुकिङ गरेका उपभोक्तलाई गाडी दसैंसम्ममा डेलिभरी दिने योजना कम्पनीले बनाएको छ । 

एमजीले इजेडएस जेडएसकै प्लेटफर्ममा बनाएको कार हो । एमजी इजेडएस इलेक्ट्रीक एसयूभी हो । एमजीले इजेडएसको प्रिमियर शो २०१८ को ग्वाङझाओ मोटर शोमा गरेको थियो । 

एमजी इजेडएसले एक पटक फुल चार्ज गर्दा ३ सय ५० किलोमिटर दूरि तय गर्ने दाबी कम्पनीले गरेको छ । विभिन्न मुलुकहरुमा गरिएको परिक्षणका आधारमा उक्त नतिजा आएको एमजीको भनाई छ ।   


Back_to_top