एमजीले ल्याउँदै नयाँ इलेक्ट्रीक कार

एमजी मोटर्सले भारतीय बजारमा नयाँ इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले यही वर्षको मध्य तिर हेक्टर प्रिमियम एसयूभी सार्वजनिक गर्दै छ । यसले एमजी मोटर्स भारतीय बजारमा आक्रमक रुपमा प्रस्तुत हुने देखिएको छ ।

एमजीले ल्याउने इजेडएस पनि एसयूभी नै हुने कम्पनीले जनाएको छ । यो कार २०१९ को अन्त्यसम्ममा भारतीय बजारमा सार्वजनिक हुनेछ । एमजीले इजेडएसको प्रिमियर शो २०१८ को ग्वाङझाओ मोटर शोमा गरेको थियो । केही एसियाली बजारमा बिक्री हुने यो कार गत महिना भएको बैंकक इन्टरनेशनल मोटर शोमा समेत देखाइएको थियो ।

एमजी इजेडएसले एक पटक फुल चार्ज गर्दा ३ सय ५० किलोमिटर दूरि तय गर्ने दाबी कम्पनीले गरेको छ । विभिन्न मुलुकहरुमा परिएको परिक्षणका आधारमा उक्त नतिजा आएको एमजीको भनाई छ ।


Back_to_top