काठमाडौं । सरकारले इलेक्ट्रीक सवारी उत्पादन गर्नेलाई सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभामा बोल्दै यस्तो बताएका हुन् ।
नेपालमा केही समय अघि कोरियाली कम्पनी मोट्रेक्सले सवारी एसेम्बलिङ प्लान्ट स्थापना गर्ने भन्दै १० अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने प्रस्ताव गरेको थियो । तर प्रधानमन्त्री ओलीले इलेक्ट्रीक सवारी उत्पादन गर्नेलाई सरकारले नै सहयोग गर्ने बताएका हुन् ।
सरकारले पनि वातावारणमैत्री सवारीलाई प्राथमिकता दिने नीति लिएको छ । त्यसैले प्रधानमन्त्री ओलीले इलेक्ट्रीक गाडी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।


