मारुती सुजुकीले आफ्नो चर्चित टलह्याच कार वागेनआर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ललितपुरको धोबीघाटमा खोलेको नयाँ शोरुममा नयाँ अल न्यू वागेनआर सार्वजनिक गरेको हो ।
नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले वागेनआर १.० लिटर भीएक्सआई (अप्सनल) मोडलको बिक्री मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने १.२ लिटर भीएक्सआईको मूल्य २५ लाख ९९ हजार तोकेको छ । साथै, भीएक्सआई (अप्सनल)को मूल्य भने २६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।
गत जनवरी २३ मा भारतीय बजारमा सार्वजनिक भएको यो नयाँ कारले निकै राम्रो बजार पाउन सफल भएको छ । पुरानोको तुलनामा यसको अगाडिको ग्रिल फरक बनाईएको छ । कारमा प्रयोग भएको हेडल्याम्प पहिलेको तुलनामा ठूलो रहेको छ भने फग लाईट पनि परिर्माजन गरिएको छ ।
कम्पनीले गाडीको पछाडिको भागलाई आर्कषक बनाउन कुनै कसर बाँकी राखेको छैन । टेल लाईट भोल्भो एसयूभीको जस्तै प्रयोग गरेको छ । साथै, कारको चौडाई र ह्वीलवेस समेत केही ठूलो दिएको छ ।
नयाँ वागेनआरमा निकै आर्कषक ड्यासबोर्ड दिइएको छ । जहाँ नयाँ फिचरको रुपमा इफोटेन्टमेन्ट सिस्टम ग्राहकले पाउने छन् । साथै रिभाइर्ज्ड इन्स्ट्रुमेन्टल क्लस्टरले कारको इन्टेरियरमा रिचनेस प्रदान गरेको छ ।
यसमा दिइएको १.० लिटर पेट्रोल इन्जिनले ६७ एचपीको पावर र ९० एनएम टर्क जेनेरेट गर्छ भने १.२ लिटर के–१२ इन्जिनले ८३ एचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ ।

टलव्वय डिजाइनमा निर्माण भएको यो कार पुरानोको तुलनामा झनै अग्लो देखिएको छ । अल न्यू वागेनआरमा स्टेयरिङ माउण्टेड कन्ट्रोल्सको सुविधा रहेको छ । ड्युअल एयरव्याग, ईबीडीको साथमा एबीएस, रियर पार्किङ सेन्सर र स्पीड अलर्ट सिस्टम जस्ता फिचर्स यसमा रहेका छन् ।
वागेनआरको १.० लिटर इन्जिनले २२.५ किलोमिटर प्रति लिटर र १.२ लिटर इन्जिनले २१.५ किलोमिटर प्रति लिटर माइलेज दिने एआरएआई सटिफाईड रहेको छ ।


