काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले दिएको ६ लाख डिस्काउन्टको अफर समाप्त गरेको छ । कम्पनीले असोज ५ गतेदेखि लागु हुनेगरी डिस्काउनट अफर बन्द गरेको हो ।
कम्पनीले नाडा अटो शोमा ६ लाख रुपैयाँ डिस्काउन्ट दिने स्कीम सार्वजनिक गरेको थियो । एमजीको १०० वर्ष सेलिब्रेसन कार्यक्रम अन्तर्गत दिइएको डिस्काउन्ट स्कीम समाप्त गरेको कम्पनीको भनाई छ ।
एमजी जेडएस ईभीमा दिइएको स्कीम बन्द गरेसँगै अब जेडएस ईभी किन्ने ग्राहकले ५२ लाख ९९ हजार रुपैयाँ नै तिर्नु पर्ने हुन्छ ।

