काठमाडौं । स्कोडा अटोले भारतीय बजारमा आगामी बर्षबाट इलेक्ट्रीक भेहिकल बिक्री गर्ने योजना बनाएको छ । फक्सवागेन ग्रुप अन्तर्गतको स्कोडाले सन् २०२५ प्रिमियम कार खोज्ने ग्राहक लक्षीत नयाँ मोडल ल्याउने भएको हो ।
स्कोडाले भारतमा ३ नयाँ ईभी उत्पादनको प्रक्रियालाई अगाडि बढाएको हो । आगामी वर्षबाट कम्पनीले नयाँ ईभीहरु क्रमशः बजारमा ल्याउने छ । स्कोडाको योजना अनुसार इन्याक, एपीक र एलरक मोडल ल्याउने छ ।
स्कोडाले भारतमा बनाउने सबैभन्दा सानो साइजको इलेक्ट्रीक कारको नाम एपिक हुनेछ । इन्याक अन्तर्राष्ट्रिय बजारमा स्कोडाले बिक्री थालिसकेको मोडल हो । नेपालमा पनि स्कोडाका उत्पादन बिक्री हुँदै आएको भएपनि ईभी भने ल्याएको छैन ।
स्कोडा इन्याक
स्कोडाको भारतमा तयारी इन्याक ल्याएर बिक्री सुरु गर्ने तयारी गरिरहेको छ ।सुरुवातमा कम्प्लीट बिल्ड युनिट आयात गरेर बिक्री थालिएपनि पछि यसलाई भारतमै उत्पादन गर्ने कम्पनीले योजना बनाएको हो ।

फक्सवागेन ग्रुपको एमइबी वर्न इलेक्ट्रीक प्लेटफर्ममा बनेको इन्याक ईभी भारत मोविलीटी एक्स्पो २०२५ मा देखाउने तयारी भइरहेको छ । यसको लम्बाई ४६४९ एमएम, चौडाई १८७९ एमएम र उचाई १६१६ एमएम हुनेछ ।
स्कोडा इन्याकमा १५० किलोवाटको मोटर र ८२ किलोवाट आवरको ब्याट्रीप्याक रहेने छ । यसलाई एक पटकको फुल चार्जमा ५०० किलोमिटरसम्म गुडाउन सकिनेछ ।
स्कोडा एलरक
आगामी अक्टुबर १ मा ग्लोबल डेब्यू हुन लागेको एलरक ईभी स्कोडाको पहिलो कम्प्याक्ट इलेक्ट्रीक एसयूभी हो । एलरक मोडलमा स्कोडले ‘लेटेस्ट मोडन सोलिड डिजाइन डाइरेक्सन’को प्रयोग गरेको छ ।

एलरकमा नयाँ डिजायनको एलइडी म्याट्रिक्स हेडलाइट दिइएको छ । यसको क्याविनमा १३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ५ इन्चको डिजिटल ककपिट र हेडअप डिस्प्ले पाउन सकिन्छ । स्कोडा एलरक रियर ह्वील ड्राइभ ईभी हुनेछ ।
स्कोडा एलरकको लम्बाई ४४८० एमएम, चौडाई २१४८ एमएम र उचाई १६२५ एमएम हुनेछ । एलरक ईभीको इन्ट्री भेरियन्टमा ५५ किलोवाट आवरको ब्याट्रीप्याकको साथमा १२५ किलोवाटको मोटर आउने छ ।
स्कोडा एपिक
स्कोडाको तेस्रो ईभी एपिक सबैभन्दा सानो इन्ट्री लेवल मोडल हुनेछ । ४.१ मिटर लामो साइजमा आउने एपिक ‘एमइभी प्लेटफर्म’मा बन्नेछ । यसलाई कम्पनीले आगामी वर्ष देखाउने छ ।

सन् २०२६ बाट बजारमा आउने अनुमान गरिएको एपिक सिटी ड्राइभका लागि उपयुक्त हुनेछ । स्कोडा एपिक पनि मोर्डन सोलिड डिजाइन ल्याङ्वेजमा बन्नेछ । यस ईभीको अधिकतम रेन्ज ४०० किलोमिटर रहने कम्पनीले दावी गरेको छ ।

