एड्भेन्चर सेग्मेन्टमा थपियो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीको २५० सीसीको नयाँ एडभेन्चर मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । बैद्य्ज अर्गनाइजेशनले नेपालमा बहुप्रतिक्षित मोटरसाइकल मोर्बिडेली टी २५० एक्स सार्वजनिक गरेको हो ।

कम्पनीले ६ लाख … हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो ।

टी २५० एक्स नेपाली बजारमा उपलब्ध हुने मोर्बिडेलीको सबैभन्दा सस्तो मोटरसाइकल भएको हो ।

हाल नेपालमा मोर्बिडेलीको एड्भेन्चर सेग्मेन्टमा टी ३५२ एक्स, टी ५०२ एक्स र टी १००२ भीएक्स सुपर एड्भेन्चर गरी तीन मोडल बिक्री भइरहेकोमा इन्ट्रि लेभल एड्भेन्चरको रुपमा टी २५० एक्स सार्वजनिक भएको हो ।

यो मोटरसाइकल हल्का तौल, उच्च ग्राउण्ड क्लियरेन्स र र्याली एड्भेन्चरबाट प्रेरित डिजाइनमा छ । यसलाई यात्रामैत्री एडभेन्चर मोटरसाइकलको रूपमा विकास गरिएको हो ।

मोर्बिडेली टी २५० एक्समा २४९.४ सीसीको सिंगल सिलिण्डर, फोर भल्भ, एयर कुल्ड इएफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ७५०० आरपीएममा २२.४ हर्सपावर तथा ६००० आरपीएममा २२.३ एनएमको टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियरबक्स उपलब्ध छ भने टप स्पिड करिब ११५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम र मध्यम आरपीएममै उच्च टर्क उपलब्ध गराउने भएकाले शहरका सडकदेखि अफरोड ट्रेलसम्म सहज एक्सेलेरेसनले आत्मविश्वासपूर्ण राइडिङ अनुभव दिलाउँन उपयोगी छ ।

डबल क्रेडल फ्रेममा निर्माण गरिएको यो मोटरसाइकलमा र्याली एडीभीबाट प्रेरित अग्लो फ्रन्ट डिजाइन, अग्लो फेण्डर, १७७ एमएम फ्रन्ट र ५५ एमएम रियर ट्राभल सेटअप, लङ (ट्राभल अपसाइड) डाउन युएसडी फ्रन्ट फोर्क, रियर प्रिलोड एड्जस्टेबल मोनोशक, स्पोक ह्वील, डिस्क ब्रेक र डुअल पर्पस टायर प्रयोग गरिएको छ । जसले जुनसुकै सडक वा अफरोड मार्गमा पनि उत्कृष्ट नियन्त्रण, स्थिरता र भरपर्दो प्रदर्शन दिन्छ ।

१५४ किलोग्राम तौल रहेको मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २२० एमएम, सिट हाइड ८२० एमएम र फ्युल ट्यांक ११.७ लिटर क्षमताको रहेको छ ।

मोर्बिडेलीको अन्य एडीभीमा पाइने हाइटेक जस्ता फिचरहरू यसमा दिइएको छैन । यसमा सिम्पल र्याली स्टाइल भर्टिकल एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, पूरा एलईडी लाइटिङ सेटअप, डुअल प्रोजेक्टर हेडल्याम्प, अटोमेटिक लाइट सिस्टम, हाजार्ड लाइट, सिंगल केबल थ्रोटल कन्ट्रोल, इलेक्ट्रीक स्टार्ट, चार्जिङ पोर्ट, ब्याकलिट ह्याण्डल स्विच, ह्यानगार्ड र विण्डसिल्ड दिइएको छ ।


Back_to_top