मोटरसाइकल चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज साँझ बसको ठक्करबाट एक मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । 

पोखराबाट बुटवल जान आउँदै गरेको ना ६ ख ४२९३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा ४० प ६५९१ नं को मोटरसाइकललाई ठक्कर दिएको मोटरसाइकल चालक अन्दाजी ३५ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


Back_to_top