काठमाडौं । नेपाल वायु सेवा निगमको एयरबस ३३०-२०० जहाजले फ्रान्समा अन्तिम परिक्षण उडान गरेको छ। यो अन्तिम टेस्ट फ्लाइटसँगै यो विमान नेपाल आउने बाटो खुलेको हो।
स्रोतका अनुशार एनएसीको पहिलो वाइड बडी जहाज यहि आषाढ १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने छ । करिव एक महिना पछि दोस्रो जहाज पनि नेपाल आर्इ पुग्ने जनाइएको छ ।
एनएसीका दुबै जहाजमा रोल्स रोयसको ट्रेंट ७०० इन्जन प्रयोग गरिएको छ । दुई प्रकारको क्याबिन क्लास कन्फिगरेसन रहेको जहाजमा १८ विजनेस क्लास र २५६ इकोनोमिक क्लास गरेर जम्मा २७४ यात्रुसीटको क्षमता रहेको छ।
नयाँ जहाजको नाम अन्नपूर्ण दिईएको छ । जसको नेपालको रजिष्टर नम्बर नाईनएन एएलवाई दिईएको छ । निगमले दुर्इवटा वार्इडबडि विमान संचयकोष र नागरिक लगानीकोषसँग २४ अर्ब ऋणलिएर खरिद गरिएको हो ।
यो विमानको आगमनसँगै एनएसीको लामो रुटमा पहुच पुग्ने छ । एनएसीको धेरै वर्ष पहिला उडेको रुटहरु चीन, जापान, कोरीया, अस्ट्रेलिया, तथा युरोपका देशहरूमा फेरी नेशनल फ्ल्याग क्यारियर पुग्नेछ ।
एनएसीको यो विमानको पहिलो उडान भने जापान र कोरियाबाट सुरु हुने एनएसीका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले निकै अघिदेखि बताउँदै आएका छन् । अन्तर्रास्ट्रिय उड्यान प्रक्रिया पुरा गरेर यी जहाजहरू एनएसीको पुरानै रूटमा उडान गर्नेछ ।
हाल एनएसीसँग अन्तर्राष्ट्रिय उडानको लागि दुर्इवटा एयरबस ३२०–२०० र एउटा बोर्इङ ७५७ संचालनमा रहेको छ ।