क्लेभ ल्यान्डको ४ स्पोर्टी बाइक अक्टोबरबाट भारतीय बजारमा

काठमाडौं । बुटिक बाइक निर्माण गर्दैआएको अमेरिकन कम्पनी क्लेभल्यान्ड साइकलवर्कसले अक्टोबरबाट भारतमा व्यापार विस्तार गर्ने जनाएको छ । हाल कम्पनीले हेस्ट, ऐस, मिसफिट र होलीगुनजस्ता बाइक उत्पादन गर्दैआएको छ । मिसफिट र ऐस कम्पनीको प्रारम्भिक उत्पादनअन्तर्गत पर्छन् ।

हाल विश्वका चर्चित मोटरसाइकल कम्पनी भारतीय बजारमा व्यापार विस्तार गर्न लागिपरेका छन् । मोटो गुजी, उमलगायतका साना कम्पनीसमेत आफ्ना उत्पादनको बजार खोज्दै भारतीय अटो बजारमा भित्रिएका छन् । क्लेभल्यान्ड साइकलवेर्क २३ राष्ट्रमा स्थापित वितरकमार्फत् आफ्ना मोडल बेच्दैआएको छ । कम्पनीले हाल मुम्बईमा हेडक्वाटर निर्माण गरेको छ, भने पुनेबाट एसेम्बली सुविधा प्रदान गर्दैआएको छ । 

ऐस

कम्पनीले निर्माण गरेको मोटरसाइकल ऐसमा क्याफे रेसर भर्जनसहितको रेट्रो क्लासिक कम्प्यूटर लगाइएको छ । यसमा २ सय ३० सीसी इञ्जिन क्षमताको सिङ्गल सिलिन्डर दिइएको छ । यो इञ्जिनले ७ हजार आरपीएममा १४.८ हर्स पावर दिन्छ । ५ हजार ५ सय  आरपीएममा १५.८ एनएम टर्क उत्पादन गर्छ । स्टान्डर्ड र डिलक्स भ्यारियन्टमा निर्माण भएको यो बाइकको तौल १ सय ३६ किलोग्राम रहेको छ । 

मिसफिट बाइक

दोस्रो जेनेरेशनमा आधारित मिसफिट बाइक ग्राउन्ड अपबाट निर्माण गरिएको हो । यसमा आल्मुनियम ह्वील्स, इनभर्टेड फर्क, साइजल्टी रेज फ्रन्ट फेन्डर, वाइड बार, डबल सरफेस टायरको प्रयोग गरिएको छ । यसमा २ सय २३ सिसि इञ्जिन क्षमताको सिङ्गल सिलिन्डरको प्रयोग गरिएको छ । जसले ७ हजार ५ सय आरपीएममा १६.३ हर्स पावर उत्पादन गर्छ भने ५ हजार ५ सय आरपीएममा १८ एनएम टर्क उत्पादन गर्छ । यसमा ३ सय १५ मिलिमिटरको फ्रन्ट डिस्क ब्रेक लगाइएको छ भने २ सय २० मिलिमिटरको रियर डिस्क ब्रेक लगाइएको छ । 

हेयस्ट बाइक

त्यस्तै सीसीडब्ल्यू हेयस्ट सिङ्गल सिटर मोडलमा आधारित बाइक हो । यसमा २ सय ९० मिलिमिटर फ्रन्ट डिस्क ब्रेक प्रयोग गरिएको छ भने रियरमा २ सय ४० मिलिमिटरको डिस्क ब्रेक लगाइएको छ । १ सय ३२ किलोग्राम तौलको हेयस्ट बाइकमा २१ इञ्चको फ्रन्ट ह्वील लगाइएको छ भने १८ इञ्चको रियर ह्वीलको प्रयोग गरिएको छ । एफएक्स मोडलमा निर्माण भएका डर्ट बाइक एफएफ र एफएक्सआर भ्यारियन्टमा उपलब्ध छ । दुबै मोडलमा १ सय २४ सिसि इञ्जिन क्षमताको सिङ्गल सिलिन्डर प्रयोग गरिएको छ । यसमा प्रयोग गरिएको एयरकुल्ड इञ्जिनले ८ हजार ५ सय आरपीएममा ८.३ हर्स  पावर उत्पादन गर्छ । ७ हजार ५ सय आरपीएममा ८.५ एनएम टर्क उत्पादन गर्छ । 

होलिगुनबाइक

सीसीडब्ल्यू होलिगुन मोटरसाइकलमा ४ सय ४९ सिसि क्षमताको सिङ्गल सिलिन्डर इञ्जिनको प्रयोग गरिएको छ । लिक्विड कुल्ड इञ्जिनले ७ हजार आरपीएममा ४३.५ हर्स पावर उत्पादन गर्छ भने ६ हजार ५ सय आरपीएममा ४२.५ एनएम टर्क उत्पादन गर्छ । १२० किलो तौलको यो बाइकमा २ सय ४० मिलिमिटर फ्रन्ट र रियर डिस्कब्रेक लगाइएको छ । क्लेभल्यान्ड साइकलक्लेर्कले १ सय २५ देखि ४ सय ५० सीसी सिङ्गल सिलिन्डर सेग्मेन्टमा निर्माण गरेका यी बाइकले भारतमा राम्रो बजार पकड्ने अनुमान गरिएको छ ।


Back_to_top