अहिलेको भन्दा सस्तो होला नयाँ अल्टो ? यस्ता हुने छन् विशेषता

काठमाडौं । नेपाली सडकमा सबैभन्दा बढी देखिने कार हो अल्टो । मारुती सुजुकीले २ करोड युनिट कार भारतमा उत्पादन गर्दा सबैभन्दा ठुलो हिस्सा ओगटेको यो कारको फेसलिफ्ट ल्याउने तयारीमा कम्पनी रहेको जानकारी आइरहेको छ । 

कम्पनीले २०१९ को सुरुवातमा नै अल्टोको फेसलिफ्ट ल्याउने तयारी गरेको छ । कम्पनीले यो फेसलिफ्ट मात्रै नभएर नयाँ संस्करण नै हुने जनाएको छ । उसले नयाँ प्रविधि, फिचर र फरक बाहिरी आवरणसहित बजारमा उतार्ने योजना बनाएको छ ।

यस्तो हुने छ नयाँ अल्टो

भारत सरकारले लागु गरेको ‘न्यु भेइकल सेफ्टी एसेस्मेन्ट प्रोग्राम’ मानक पुरा गरेर आउने छ । सरकारले यसलाई सबै सवारी साधनले पुरागर्नुपर्ने बाध्यकारी बनाएको छ । 

जापानमा बिक्री गरिने अल्टो जस्तै यसको डिजाइन हुने र भारतीय रोजाईलाई ध्यान दिइने कम्पनीले जनाएको छ । 

इन्जिन

नयाँ अल्टोमा ६६० सीसी क्षमताको इन्जिन प्रयोग गरिने छ । यसमा ३ सिलिन्डर युक्त इन्जिन हुनेछ, जसले ५१ बीएचपी पावर र ६३ एनएम टर्क प्रदान गर्नेछ । 

भारतीय बजारमा यसको मूल्य २ लाख ६० हजार भारुको हाराहारीमा हुने अनुमान गरिएको छ । 


Back_to_top