काठमाडौं । रिफ्लेक्टर र प्रोजेक्टर हेडल्याम्प भनेको लाईट अड्याउने हाउजिङ हो । जुन गाडीको सबैभन्दा अग्रभागमा रहने गर्छ । प्रोजेक्टर हेडल्याम्प एक नयाँ प्रविधि हो, जुन करिब १० वर्षदेखि प्रयोगमा आइरहेको छ ।
त्यसो त प्रोजेक्टरको प्रयोग धेरै पहिलादेखि हुँदैआएको हो र कतिपय अटो कम्पनीहरूले अझै पनि रिफ्लेक्टरको मात्र प्रयोग गरिरहेका छन् ।
रिफ्लेक्टर हेडल्याम्प
यसको बीचमा बल्व रहेको हुन्छ र बल्वको वरिपरी रहेको भागले बल्वले फालेको प्रकाशलाई रिफ्लेक्ट गरी बाहिर फाल्ने काम गर्छ ।
यसको भित्रपट्टि सीसाजस्तो टल्कने कोट लगाइएको हुन्छ, जसले सम्पूर्ण प्रकाशलाई अगाडि फाल्छ । यो निकै पुरानो प्रविधि हो । तर, अझै पनि कतिपय कम्पनीले यसलाई प्रयोगमा ल्याइरहेका छन् ।
ती कम्पनीहरूले यो हेडल्याम्पमा नयाँ केही सुधार गरेर प्रयोगमा ल्याउने गरेको जनाउने गरेका छन् ।
आज पनि होण्डा र फोर्ड कम्पनीले आफ्ना कारहरूमा रिफ्लेक्टर हेडल्याम्प प्रयोग गरिरहेका छन् ।
प्रोजेक्टर हेडल्याम्प
यसमा पनि लाईट बल्वकै माध्यमबाट उत्पादन हुन्छ र रिफ्लेक्टरजस्तै प्रकाशलाई कन्सन्ट्रास गरी अगाडि फाल्छ । तर, यसको अगाडिपट्टि लेन्स लागाएको हुन्छ, जसले चाहेको ठाउँमा लाईटलाई प्रोजेक्ट गर्ने काम गर्छ ।
निश्चित ठाउँमा लाईटलाई प्रोजेक्ट गरिने भएकोले प्रकाश खेर जाँदैन र थोरै क्यापासिटीको लाईट बल्वले पनि धरै प्रकाश दिन्छ । ब्राईट लाईट फाल्ने एचआईडी वा एलईडीजस्तो बल्वहरू प्रोजेक्टर हेडल्याम्पमात्र प्रयोग हुने गर्छ । किनकि ब्राईट लाईट अगाडि धेरै ठाउँमा छरियो भने विपरीत दिसाका चालकको आँखामा पर्न सक्छ । प्रोजेक्टर हेडल्याम्प हेर्दा राम्रो र नयाँ प्रविधिको भएकोले टाटा, मारूती तथा हुन्डाईजस्ता कम्पनीहरूले आफ्नो प्रिमियम भेरियन्टको कारमा यसको प्रयोग गरेका छन् ।
तर, हाईवेमा ड्राईभ गर्दा प्रोजेक्टरभन्दा रिफ्लेक्टर अझ उपयोगी हुन्छ किनकि त्यहाँ छेउछाउबाट जनावरहरू बाटोमा आउन सक्छन्, जसलाई रिफ्लेक्टरको सहायताले देख्न सकिन्छ । त्यसैले कतिपय गाडीहरूमा दुवै हेडल्याम्प राखिएको हुन्छ । जुन हाईबीममा रिफ्टेक्टर र लोबीममा प्रोजेक्टरको प्रयोग हुन्छ ।