कार वा बाइक किन्दै हुनुहुन्छ ? यहाँ पाइन्छ साढे १० प्रतिशत ब्याजदरमा अटोलोन

काठमाडौं । पछिल्लो १६ महिनादेखि अटो क्षेत्रले माग अनुसारको लोन पाउन नसके पनि स्टायडर्ड चार्टड बैंकले १०.४५ प्रतिशतमा नै अटोलोन दिदै आएको छ । 

अहिले सबै बाणिज्य बैंकहरुले १२ प्रतिशतभन्दा माथि बचतमा नै ब्याज दिदै आएका छन् । तर, स्टायडर्ड चार्टड बैंकलगायत केहि अटोलोन दिने कम्पनीहरुले १० प्रतिशतको हारहारीमा रहेर कर्जा प्रबाह गरिरहेका छन् ।    

वित्तीय संस्थाहरुले पनि अटोलोनको पोर्टफोलीयो एकदमै राम्रो र आर्कषक मानेर लगानी गर्दै आएका छन् । 

बिगत ढेड बर्षदेखि सवारीसाधन कर्जालाई अनुत्पादक क्षेत्र भन्दै केन्द्रिय बैंकदेखि अर्थ मन्त्रालयसम्मले अटोलोनमा कठाई गर्दै यो क्षेत्रमा जाने कर्जालाई निरुत्साहीत गर्दै आएका छन् । हाल राष्ट्र बैकले लिएको नीति अनुसार ३५ प्रतिशत डाउन पेमेन्ट अनिर्वाय रुपमा जम्ममा गर्ने मानिसले मात्रै अटोलोन पाउन सक्छन् । त्यसैले कुनैपनि गाडी खरिदगर्ने मानिसले खरिद मुल्यको ३५ प्रतिशत पहिले कम्पनीमा जम्मा गर्नु पर्छ । 

बाँकी ६५ प्रतिशतसम्म बैंकहरुले ऋण दिनसक्छन् तर, सबैले ६५ प्रतिशत कर्जा बैंकबाट पाउँछन् भन्ने हुँदैन । वित्तीय संस्थाहरुले पनि अटोलोनको पोर्टफोलीयो एकदमै राम्रो र आर्कषक मानेर लगानी गर्दै आएका छन् । किनकी अटोलोनको डिफल्ट रेसियो २ प्रतिशत भन्दा कम रहेको छ ।

सबैभन्दा सस्तो स्टाडर्ड चार्टड 

स्टाडर्ड चार्टड बैकले १०.४५ प्रतिशतको व्याजदरमा अटोलोन दिइरहेको छ । त्रैमासिक रुपमा हुने वेस रेटको क्याल्कुलेशनको आधारमा बैंकले स्वचालित ब्याजदर प्रणालिका आधारमा कर्जा प्रबाह गरिरहेको छ । अहिले बैंकको वेसरेट ७.२० रहेको छ र यसमा ३.२५ प्रतिशत प्रिमियम जोडेर १०.४५ प्रतिशतमा लोन दिईरहेको बैंकले जनाएको छ । 

यो बाणिज्य बैंकहरुले प्रबाह गर्ने अटोलोनमा सबैभन्दा सस्तो हो । बैंकले सुरुदेखि नै अटो प्रडक्टलाई निकै प्राथमिकतामा राखेर कामगर्दै आएको छ । बढिमा  ६ बर्षसम्मको लागि १ करोडसम्मको अटोलोन दिने गरेको बैंकले जनाएको छ । 

बैकले नयाँ तथा पुरानो कारको खरिदमा वा अर्को बैकमा रहेको गाडी रिफाइनान्सीङ गर्नु परेमा अटोलोन दिदै आएको छ । 

व्यक्तिगत लोनको लागि बैकले ऋणीको आम्दानीको स्रोत, नागरिकताको प्रतिलिपि, फोटोलगायतका डकुमेन्ट बुझाउनु पर्छ । 

साथै संस्थागत अटोलोन पनि बैंकको मुख्य प्राथमिकता भित्र रहेको छ । संस्थाले लिने अटो लोनको लागि दुई बर्षको अडिट रिपोर्ट, ट्याक्स क्लियरेन्स सर्टिफिकेट, कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, संचालकको बिबरणलगायतका डकुमेन्ट बुझाउनु पर्छ । 

बैंकले व्यक्ति लोनको हकमा ६५ प्रतिशतसम्म र संस्थागतको लागि ७० प्रतिसतसम्म अधिकतम हुनेगरि अटोलोन दिने छ । 

स्याकार इन्भेष्मेन्ट 

सवारी साधन बिक्रेता कम्पनीहरुले संचालन गरेको हायर पर्चेज कर्जा प्रबाह गर्ने कम्पनीहरुले ब्याजदरलाई सस्तो बनाएरै कर्जा प्रबाह गरिरहेका छन् । स्याकार इन्भेष्मेन्ट, सिप्रदी हायरपर्चेज, हुलास इभेष्टमेन्ट, बतास फाइनान्सिङ, एमएडब्लु इन्भेष्टमेन्टलगायत ८ वटा कम्पनीले हायर पर्चेज कर्जा दिने राष्ट्र बैंकबाट अनुमति लिएका छन् । सबैले ९ देखि १३ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रबाह गरिरहेका छन् ।   

स्याकार इन्भेष्मेन्ट कम्पनीले होन्डाका सवारी साधनमा फाईनान्सिङ गर्ने गरेको छ । कम्पनीले १ देखि २ वर्षको लागि बाईकहरुको फाईनान्स गर्ने गरेको छ । एक वर्षको लागि पनि ३ वटा अप्सन कम्पनीले दिएको छ । पहिलो ६० प्रतिसत डाउन पेमेन्ट मा १३.५%, ५० प्रतिसत डाउन पेमेन्ट मा १४.५% र ४० प्रतिसत डाउन पेमेन्ट मा १५.५% व्याजमा ऋण उपलब्ध हुने छ । 

दुई वर्षेमा ६० प्रतिसत डाउन पेमेन्ट मा १४ प्रतिशत, ५० प्रतिसत डाउन पेमेन्टमा १५ प्रतिशत र ४० प्रतिसत डाउन पेमेन्ट मा १६ प्रतिशत फाईनान्स गर्ने गरेको छ । 

तर, यदि ऋणीले आफ्नो सबै इएमआई प्रत्येक महिनामा तिर्ने हो भने अन्तिम किस्ता तिर्दा व्याजमा ३ प्रतिशत छुट दिने गरेको छ । त्यसैगरी अन्य सबै इभेष्टमेन्ट कम्पनीले बाइक र कारमा लगानी गर्दै आएका छन् । 

अटो लोनमा बैंकको लगानी १ खर्ब ७८ अर्ब, खुम्चियो वृद्धि 

बैंक तथा वित्तीय संस्थाको अटो क्षेत्रमा लगानी वृद्धि अघिल्लो अर्थिक वर्ष २०७३–०७४ को दश महिनाको तुलना २०७४–५७ को १० महिनामा २८ प्रतिशतले खुम्चिएको छ । 

अघिल्लो आर्थिक वर्षमा ३६.४ प्रतिशतले विस्तार भएको सवारीसाधन कर्जा चालु आर्थिकमा ९.९ प्रतिशतले विस्तार भएको छ । 

वित्तीय क्षेत्रको सवारीसाधन कर्जामा अहिलेसम्म १ खर्र्ब ७८ अर्ब लगानी पुगेको छ । जुन गतवर्ष १ खर्ब ५८ अर्ब रहेको थियो । चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाले २० अर्बले लगानी बढाएका छन् । 

मासिक औसतमा २ अर्ब सवारीसाधन कर्जामा ऋण गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । अर्थिक वर्ष २०७२–०७३ को १० महिनामा १ खर्ब १५ अर्ब रहेकोमा त्यसपछिको आर्थिक वर्षमा ४३ अर्बले कर्जा विस्तार भएको थियो । 

नेपाल राष्ट्र बैंकले सवारीसाधनमा बैंकहरूले बढी कर्जा प्रवाह गरेको भन्दै अटोलोनमा कडाई गरेसँगै त्यसको असर कर्जा प्रवाहमा परेको थियो । अझ पछिल्ला दिनमा लगानीयोग्य रकमको अभाव र महंगो ब्याजदरको कारण अटोलोन लिन उपभोक्तालाई कठिन भइरहेको छ ।


Back_to_top