सेन्सिङ ब्याट्रीमा आयो नेटाको नयाँ एसयूभी, हाइब्रिडमा पनि उपलब्ध

काठमाडौं । चिनियाँ अटोमोवाइल स्टार्टअप कम्पनी होजोन अटोले नयाँ एसयूभी ‘नेटा एल’ लन्च गरेको छ । अप्रिलबाटै बिक्री सुरु गर्ने योजना बनाउको नेटा एलमा सीएटीएलको अल्ट्रा फास्ट चार्जिङ क्षमता भएको सेन्सिङ ब्याट्री दिएको हो ।

नेटाले आफ्नो नयाँ एसयूभी प्योर ईभी र हाइब्रिड (एक्टेन्डेट रेन्ज इलेक्ट्रीकल भेहिकल) भेरियन्ट ल्याउने भएको हो । हाइब्रिड भर्सनमा अल्ट्रा फास्ट चार्जिङ सेन्सिङ ब्याट्री दिएको हो ।

नेटा एलको लम्बाई ४७७० एमएम, चौडाई १९०० एमएम, उचाई १६६० एमएम छ । यसको ह्वीलवेस २८१० एमएम छ । कम्पनीले यसको ईभी मोडलमा १७० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ ।

प्योर ईभीमा ६९ किलोवाट आवरको ग्रेटवाल मोटरको सहायक कम्पनी एसभीओएलटीले बनाएको ब्याट्री प्याक छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ५१० किलोमिटर रेन्ज दिनेछ ।

नेटा एलको इआरइभीमा (हाइब्रिड) मोडलमा भने १.५ लिटर क्षमताको पेट्रोल इन्जिन छ । यसमा रहेको पेट्रोल इन्जिनले गाडी गुडाउने छैन । केबल जनेरेटरको मात्रै काम गर्छ । यसमा ब्याट्री भने तीन प्रकारको छ । जसमा ३०.१ किलोवाट आवर र ३०.४ किलोवाट आवरको दुई एसभीओएलटी र ४०.२७ किलोवाट आवरको सीएटीएलको अल्ट्रा फास्ट चार्जिङ सेन्सिङ ब्याट्री छ ।

सन् २०१८ मा ब्राण्ड लन्च भएको होजोन अटोले नेटा आए (भी), नेटा एक्स, नेटा एस नेटा जीटी जस्ता मोडल बिक्री गरिरहेको छ । यी मोडलहरु मध्ये नेटा एस मात्र अल इलेक्ट्रीक र एआरइभी भर्सनमा बिक्री भइरहेको छ ।


Back_to_top