कारमा हुने एन्टेना चाँडै गायब हुँदै !

काठमाडौं । कारमा प्रयोग हुने एन्टेना चाँडै गायब हुने भएको छ । विशेषगरी रेडियो र अन्य उपकरणको ‘सिग्नल रिसिभ’ गर्न प्रयोग हुँदै आएको एन्टेना अब नचाहिने भएको हो ।

सन् १९७० र ८० को दशकमा आएका कारहरुमा पुरानो रेडियोको जस्तो स्टीलको एन्टेना हुन्थ्यो । पछिल्लो दशकमा आएका कारहरुमा गाडी माथि छतमा ‘फ्क्जीवल’ एन्टेना प्रयोग भए । त्यसलाई पनि छाड्दै आजकल आउने अधिकांश कारमा सार्क माछाको पुच्छर जस्तो डिजाइन भएको ‘सार्कफीन’ एन्टेना प्रयोग हुँदै आएको छ ।

फिजीकल एन्टेनालाई गाडीको आउटर बडीबाट हटाउँदा कार थप एरोनोइनामीक्स बन्नेछ । त्यसले इलेक्ट्रीक भेहिकलमा गणना हुने ड्रयाग कोफिसीयन्ट समेत एकदमै कम गर्नेछ ।

अहिले सार्कफीन एन्टेनालाई आधुनिक कारको एक फिचरको रुपमा यसलाई वर्णन गर्ने गरिन्छ । तर, ‘सार्कफीन’ पनि छिट्टै कारबाट हट्ने भएको हो । त्यसको लागि कोरियन इलेक्ट्रोनीक कम्पनी एलजीले नयाँ प्रविधिको विकास गरेको हो ।

कोरियन ‘टेक जायन्ट’ एलजी र फ्रेन्च ग्लास उत्पादक कम्पनी ‘सेन्टगोवेन’ले मिलेर ट्रास्परेन्ट एन्टेनाको विकास गरेका हुन् । उक्त क्लासमा आधारित एन्टेना गाडीको विण्डसिल्ड वा ग्लासरुफमा राख्न सकिन्छ ।

आधुनिक कारहरु निरन्तर कनेक्टेड फिचरहरु थप भएर आउन थालेका छन् । त्यसको लागि पावरफुल एन्टेनाको आवश्यकता पर्छ । त्यसैले नयाँ एन्टेना विकास गरिएको हो ।

नयाँ कारहरु ५ जी, ग्लोबल न्याभिगेसन सिस्टम, व्लूटूथ जस्ता नेटवर्क र कनेक्सनमा निरन्तर जोडिरहने भएकाले अत्याधुनिक एन्टेनाको विकास गरिएको कम्पनीले जनाएको छ ।

फिजीकल एन्टेनालाई गाडीको आउटर बडीबाट हटाउँदा कार थप एरोनोइनामीक्स बन्नेछ । त्यसले इलेक्ट्रीक भेहिकलमा गणना हुने ड्रयाग कोफिसीयन्ट समेत एकदमै कम गर्नेछ ।

एलजीले विकास गरेको उक्त एन्टेनामा कुनै प्रकारको तार हुँदैन । तरको सट्टा पातलो फिल्म हुन्छ । एलजी भेहिकल कम्पोनेन्ट सोलुसनले हालै मात्र ट्रास्परेन्ट इलेक्ट्रोड टेक्नोलोजीमा ८० भन्दा बढी पेटेन्ट दर्ता गराएको छ ।


Back_to_top