नयाँ दीपल ‘ई ०७ ट्रान्सफर्मर एक्स’ चाँडै बिक्री सुरू हुँदै

काठमाडौं । विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी दीपल ई०७ को नयाँ ग्राउण्ड ब्रेकिङ संस्करण ट्रान्सफर्मर एक्स चाँडै नेपाली बजारमा सार्वजनिक हुने भएको छ ।

नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले दीपल ई ०७ ट्रान्सफर्मर एक्सको बिक्री सुरू गर्ने तयारी गरेको हो ।

दीपल ई०७ मा एउटा बटन थिच्ने बित्तिकै प्रिमियम एसयूभीबाट पिकअपमा रूपान्तरण हुन्छ । यसले एसयूभीको परिभाषा नै बदलिदिएको थियो । चाँडै लन्च हुने ट्रान्सफर्मर एक्सले नप्रवर्तनलाई अझ उचाइमा पुर्याउँदै लक्जरी, स्मार्ट कम्फर्ट र क्षमताको नयाँ स्तर स्थापित गर्ने कम्पनीको भनाइ छ ।

ट्रान्सफर्मर एक्समा एड्भान्स्ड एअर सस्पेन्सन सिस्टम रहेको छ जसले म्याजिक कार्पेटको अनुभव दिलाउँछ । यस अत्याधुनिक प्रविधिमा अन्टिनियस ड्याम्पिंङ कन्ट्रोल (सीडीएस), अधिकतम २२३ एमएमसम्म समायोजना गर्न सकिने ग्राउण्ड क्लेरेन्स छ । साथै, राजमार्ग र कठिन भूभाग दुवैका लागि छुटाछुटै ड्राइभिङ मोडहरू उपलब्ध छन् ।

साथै नयाँ ई०७ मा चारै यात्रुका लागि मसाज, हिटेड, भेन्टिलेटेड र वेलकमिङ सिट रहेको छ । यसमा प्रिमियम नाप्पा लेदर सिट, मेमोरीसहितको १४ वे पावर एड्जस्टेबल फ्रन्ट सिट र लामो यात्राका लागि विशेष जिरो ग्राभिटी रिल्याक्सेसन मोड रहेको छ ।

नयाँ ई ०७ मा पछाडिका यात्रुहरूले पनि अझ बढी नियन्त्रण र सुविधा अनुभव गर्न सक्नेछन् । पछाडिको सिटबाटै ट्रंक र रियर डोम संचालन, सिटको हिटिङ र भेन्टिलेसनको स्वतन्त्र नियन्त्रण, सनसेड र एअर कन्डिसनिङ एड्जस्टमेन्ट, छुटै रियर सिट फल्डिङ कन्ट्रोेल सिस्टम उपलब्ध छ । जसले पछाडिको क्याबिनलाई नै लक्जरी कमाण्ड जोनमा रुपान्तरण गर्छ ।

यी सबै सुविधाले नयाँ दीपल ई०७ ट्रान्सफर्मर एक्सलाई अहिलेसम्मकै उन्नत संस्करणका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।


Back_to_top