काठमाडौं । रेनोको लागि नेपालको आधिकारीक बिक्रेता एड्भान्स अटोमोवाइलले तिहार लगत्तै नयाँ डस्टर सार्वजनिक गर्ने भएको छ । रेनोले गत जुलाई ८ मा भारतीय बजारमा सार्वजनिक गरेको डस्टरको फेसलिफ्ट मोडल नेपाल ल्याउन लागेको हो ।
सन् २०१६ देखि नेपाली बजारमा डस्टर बिक्री वितरण हुँदै आएको छ । नेपालमा बिक्री सुरुभएपछि पहिलो पटक फेसलिफ्ट मोडल आउन लागेको हो । यस्तोमा पुरानो मोडलको तुलनामा फेसलिफ्टमा के कस्ता परिमार्जन गरेको छ त ? भन्ने जिज्ञासा हुनु स्वभाविक हो । त्यसैले यसमा भएको केही परिमार्जनलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौं ।
एक्सेटियर
यसको एक्सटेरियरमा नयाँ प्रोजेक्टर हेडल्याम्पसँगै एलइडी डिआरएलएस, रि–डिजाइन क्रोम फ्रन्ट ग्रिल, रि–डिजाइन फ्रन्ट बम्पर जस्ता परिवर्तन सहजै देख्न सकिने छ ।
रेगुलर मोडलको तुलनामा आकर्षक तरिकाले अगाडि र पछाडि स्किड प्लेट जोडिएको छ । यसमा दिइएको नयाँ डिजाइनको १६ इन्चको अलोय ह्वीलले एसयूभीलाई निकै ग्रान्ड देखाएको छ ।
नयाँ इन्टेरियर
कम्पनीले पुरानोको तुलनामा नयाँ मोडलको क्याबिनमा प्रिमियम बनाउन कुनै कसर छाडेको छेन । यसमा दिइएको नयाँ स्टेयरिङ ह्वील, एङ्गुलर एसी भेन्ट, ब्राउन फ्रेब्रिक अपहोलस्ट्रीक, फक्स आल्म्युनियम ट्रिम, क्रोम एन्ड ग्लस ब्ल्याक बिटजस्ता फिचर उपलब्ध रहेको छ ।
एसयूभीमा कम्पनीले ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै एन्ड्रोइड अटो, एप्पल कार प्लेको फिचर दिइएको छ ।
भेरियन्ट
विभिन्न नौ भेरियन्टमा उपलब्ध यो कारमा पाँच स्पीड गियरबक्स लगाइएको छ । यसको मिडस्पेक आरएक्स(०) ट्रिममा अल ह्वील ड्राइभको फिचर दिइएको छ भने फुल्ली लोडेड आरएक्सजेड भेरियन्टमा अल ह्वील ड्राइभको फिचर प्रदान गरिएको छ ।
यस मोडलमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, हाइट एडजस्टेबल ड्राइभर सिट, फ्रन्ट आर्मेष्ट, इलेक्ट्रीकल्ली फोल्डेबल ओआरभीएमएस, क्रुज कन्ट्रोल, रियर पार्किङ क्यामरा र रियर वाइपरको विशेषता दिइएको छ । यसको टप स्पेक आरएक्सजेड भेरियन्टमा डिजेल एएमटीको विशेषता दिइएको छ ।
प्रतिस्पर्धी मोडल
मूल्य तथा फिचरका हिसाबले यो मोडलले अन्य मिडसाइड एसयूभी हुन्डाई क्रेटा, निसान किक्स र मारुती सुजुकी एसक्रशसँग प्रतिस्पर्धा गर्नेछ ।


