बुलेटमा थपियो नयाँ फिचर

रेट्रो स्टाइलको मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डले आफ्ना उत्पादनमा साधारण एनालग इन्स्ट्रुमेन्ट क्लस्टरमा उत्पादन गर्दै आएको थियो । अब भने कम्पनीले यी मोटरसाइकलमा डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिने भएको छ । 

कम्पनीले उत्पादन गर्दै आएको ३५० सीसी र ५०० सीसी मोटरसाइकल, बुलेट ३५०, क्लासिक ३५० र इलेक्ट्रा मोडलमा सो विशेषता प्रदान गर्ने भएको हो । 

यी मोटरसाइकलमा मोर्डन इन्स्ट्रुमेन्ट क्लस्टर अन्र्तगत टेकोमिटर, ट्रिप मिटर, फ्युल गजलगायतको विशेषता दिइएको छ । 

साथै, कम्पनीले भारतीय बजारमा रहेका पुराना मोटरसाइकलमा पनि पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर राख्न सकिने जनाएको छ । त्यसका लागि ग्राहकले अतिरित्त शुल्क भने तिर्नु पर्ने कम्पनीले जनाएको छ । 

यस्तै कम्पनीले, डिजिटल स्पिडोमिटरमा फ्युल इन्डेकेटरसमेत लगाएको छ । स्पीडोमिटरको छेउमा ट्रिप मिटर लगाइएको छ । यसले लामो यात्राको समयमा मोटरसाइकलको अवस्था के छ भन्ने सुचना दिने कम्पनीले जनाएको छ ।  डिजिटल स्पीडोमिटर भने ह्वाइट, ब्लाक र ओरेन्ज कलर अप्सनमा उपलब्ध हुनेछ  ।

 तर, नेपाली बजारमा यी बाइक कहिलेबाट आउँछ भन्ने बारेमा भने कुनै जानकारी दिइएको छैन ।  


Back_to_top