अमेरिकी मोटर कम्पनीले एस्पायर फेसलिफ्ट भारतीय बजारमा सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको एस्पायरको सुरुवाति मूल्य ५ लाख ५५ हजार भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले एस्पायरको एम्बिएन्ट, ट्रेन्ड, ट्रेन्ड प्लस, टाइटानियम र टाइटानियम प्लस पाँच भेरियन्टमा सार्वजनिक गरेको छ । यसको टप भेरिएन्टको मूल्य भने ८ लाख ४९ हजार तोकिएको छ ।
एस्पायरमा नयाँ डिजाइन बम्पर, बडी फ्रन्ट ग्रिल, तथा नयाँ हेडलाइट्स दिइएको छ । यसको अलवा कम्पनीले क्याबिनमा अपग्रेड गरेको छ । साथै, यसमा सिन्क–३ इन्फानेन्टमेन्ट सिस्टम दिइएको छ ।
फेसलिफ्ट एस्पायर पेट्रोल र डिजेल दुबै भर्सनमा उपलब्ध हुने छ । यसमा १.२ लिटर ड्रागन सिरिजको नयाँ पेट्रोल इन्जिन दिइएको छ । यसले ९६ पीएस पावरका साथै १२० एनएम टर्क उत्पादन गर्छ । त्यस्तै १.५ लिटर थ्री सिलिन्डर युनिटले १२३ बिएचपी पावरका साथै १५० एनएम टर्क उत्पादन गर्छ ।
यसको अलवा नयाँ एस्पायरमा १.५ लिटरको डिजेल इन्जिन लगाइएको छ यसले ९९ बिएचपी पावरका साथै २१५ एनएम टर्क उत्पादन गर्छ । कारमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।


