अटो निर्माता कम्पनी होन्डाले फ्रान्समा आयोजित पेरिस मोटर शोमा विभिन्न मोडल सार्वजनिक गरेको छ । अहिले कम्पनीले पेरिस अटो शोमा नयाँ अवधारणासहित सीआरभी हाइब्रिड सार्वजनिक गरेको छ ।
सीआरभी हाइब्रिडमा २.० लिटर फोर सिलिन्डर आईभिटेक पेट्रोल इञ्जिन लगाइएको छ । यसले १८१ बीएचपी पावरकासाथै ३१५ एनएम–टर्क उत्पादन गर्छ । एसयूभीमा एफडब्ल्यू–डीको आउटपुट दिइएको छ । यसले प्रतिलिटर २२.५ किलोमिटरको माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सीआरभी हाइब्रिडमा होन्डा–आई एमएमडी प्रविधिको प्रयोग गरिएको छ । कारमा ईभी–ड्राइभ, हाइब्रिड–ड्राइभ र इन्जिन–ड्राइभ तीनवटा ड्राइभिङ्ग मोड दिइएको छ । यसले पफर्मेन्स तथा इफिसेन्सीलाई अनुकूलन गर्न मद्दत पुर्याउने कम्पनीको दाबी छ ।
सहरी क्षेत्रमा कार चलाउँदा अधिकतम् इफिसेन्सीका लागि हाइब्रिड–ड्राइभ र ईभी–ड्राइभ छनौट गर्न सक्ने कम्पनीले जनाएको छ । त्यस्तै, ब्याट्री प्याकबाट इलेक्ट्रीकल इनर्जी उत्पादनका लागि सेकेन्ड मोटर जेनेरेटरको प्रयोग गरिएको छ । लिथियम आयान ब्याट्री प्याकले इलेक्ट्रीक मोटरलाई पावर सप्लाई गर्ने गर्छ ।
त्यस्तै, इन्जिन ड्राइभ मोडमा ग्यासोलिन इन्जिनले ह्वीललाई पावर प्रदान गर्ने गर्छ । मोडोरेड–स्पीडमा भने सीआरभी हाइब्रिडले ईभी–ड्राइभ मोडको बढी प्रयोग गर्ने कम्पनीले जनाएको छ ।
अटो शोमा सीआरभीकासाथै एचआरभी र सिभिक टाइप आर्ट कार म्याग्नासँगै एनएसएक्स जीटीटी–३ को अपडेटेड भर्सन शोकेस गरेको छ ।

