कियाले ल्यायो ४८५ किलोमिटर माइलेज दिने सस्तो इलेक्ट्रीक एसयूभी

किया मोटर्सले अल न्यू इलेक्ट्रीक ई-नेरो पेरिस मोटर शो २०१८ मा सोकेस गरेको छ । युरोपेली बजारमा यसको बिक्री अर्को वर्षको मार्चबाट सुरु हुने जनाइएको छ । यसको सबभन्दा उत्कृष्ट पक्ष भनेको यो सिङ्गल चार्जमा ४८५ किलोमिटरसम्म गुड्नेछ । 

यसलाई पूर्णतया नयाँ पावरट्रेनले पावर दिएको छ । जसमा दुईवटा फरक प्रकारका ब्याट्री प्याकको अप्सनहरू ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवर लिथियम आयन पोलिमर रहेका छन् । युरोपको बजारमा भने ठूलो ब्याट्री प्याकभएको गाडीमात्र उपलब्ध हुनेछ । 

यसलाई १०० किलोवाटको फास्ट चार्जरले मात्र ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्नेछ । ६४ किलोवाट आवर ब्याट्री–प्याक भएको कारमा दिइएको १५० किलोवाट (२०९ पीएस) मोटरले ३९५ एनएम–टर्क उत्पादन गर्छ । जुन ७.८ सेकेन्डमा ० बाट १०० किलोमिटरको स्पीड लिनसक्छ । 

यो पनि पढ्नुस्:  ज्यागुअरको इलेक्ट्रीक कार ‘आई-पेश’ पेरिसमा, यस्ता छन् सार्वजनिक

त्यस्तै, ३९.२ किलोवाट आवर ब्याट्री–प्याक भएको कारमा १०० किलोवाट (१३६ पीएस) मोटरले ३९५ एनएम–टर्क उत्पादन गर्छ । जुन स्ट्याण्डर्ड ९.८ सेकेन्डमा ० बाट १०० किलोमिटरको स्पीड लिनसक्छ ।

यसमा फ्रन्ट–ह्वील ड्राइभ रहको छ, जसले रि–जेनरेटेड ब्रेकिङ्ग सिस्टमको माध्यमबाट यसको रेञ्ज बढाउँछ । साथै, यसमा रहेको इको ड्राइभिङ्ग असिस्टेन्ट सिस्टमले चालकलाई कसरी कुसलतापूर्वक गाडी चलाउने भनेर सुझाव दिन्छ । यसमा तीन प्रकारको नर्मल, ईको र स्पोट्र्स ड्राइभिङ्ग–मोड उपलब्ध रहेको छ । जसले पावरटेनमा कतिको पावर पठाउने भन्ने निक्योल गर्नेछ । 

कारको भित्र नयाँ डिजाइनको सेन्टर कन्सोल रहेको छ, जहाँ गियरबक्स रहने ठाउँमा वायरबाट सिफ्ट हुने रोटर डायल राखिएको छ । जसले ड्राईभिङ्ग–मोड परिवर्तन गर्नेछ । ड्यासबोर्डको बीचमा ७ इञ्चको टचस्क्रिन दिएको छ । चार्जर–म्यापजस्ता इलेक्ट्रीक कार स्पेसिफिक फिचरहरू देखाउनेछ । यसमा ड्राइभरलाई असिस्ट गर्नका लागि धेरै आधुनिक फिचरहरू रहेका छन् ।

यसको ब्याट्रीलाई किया मोट्र्सले सात वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको जनाएको छ । यसको प्रमोसनका लागि हलिउड स्टार रोवर्ट डी–नेरोलाई लिएर विज्ञापन बनाईंदै गरेको बुझिएको छ । यसको सुरुवाति मूल्य २० हजार पाउन्डबाट २४ हजार पाउन्डसम्म रहने छ ।  


Back_to_top