आयो नयाँ जुपिटर ग्रान्डी, यस्तो छ भारतीय बजारमा मूल्य

टीभीएसले जुपिटर स्कुटरको ग्रान्डी एडिसन भारतीय बजारमा ल्याएको छ । नजिकिएको दिपावलीलाई ध्यानमा राख्दै यो स्कुटर सार्वजनिक गरेको हो । यसलाई बेस, जेडएक्स र क्लासिक गरी तीन भेरिएन्टमा उपलब्ध गराएको छ ।

रेगुलर जुपिटरको नै इन्जिन दिइएको यसले १०९.७ सीसीको इन्जिनले ८ बीएचपी पावर र ८ एनएम टर्क जेनेरेट गर्छ ।

अगाडिको भागमा एलिगेन्ट लुक प्रदान गर्न फ्रन्ट फेन्डरमा क्रोमको प्रयोग गरिएको छ । अघिल्लो भागमा ग्रान्डी ब्याजसहित ‘नम्बर वान जेडी पावर’ लेखिएको एप्रोन दिइएको छ । 

यसमा भएका ड्रम ब्रेकलाई कम्पनीको सिंक ब्रेकिङ सिष्टम अर्थात् एसबीएस उपलब्ध गराइएको छ । अघिल्लो भागमा रोक्ने क्षमता राम्रो गराउनका लागि डिस्क ब्रेक अप्सनल रुपमा उपलब्ध छ । कम्पनीले यसको मूल्य ५९ हजार ६ सय ४८ भारु तोकेको छ । 


Back_to_top