काठमाडौं । दशैं तिहारलाई मध्यनजर गर्दै बिभिन्न कम्पनीले अफर तथा उपहार घोषणा गरिरहेका छन् । यस्तोमा ब्रिजस्टोन टायरको बिक्रेता एसटीसी प्रालिले दुई वटा टायर किन्दा एउटा ज्याकेट सित्तैमा दिने योजना सार्वजनिक गरेको छ ।
यो योजना असोज १५ देखि सुरुभईसकेको छ भने, अब छठपछि आगामी कार्तिक ३० सम्म लागू हुने कम्पनीले जनाएको छ ।
विगतका वर्षदेखि नै ब्रिजस्टोनले हरेक वर्ष आफ्ना ग्राहकलार्इको इच्छालाई ध्यानमा राखी विभिन्न उपहार योजना सार्वजनिक गर्ने गरेको थियो ।

