दशैंमा सवारीसाधन किन्नुअघि गर्नुस् यस्तो तयारी

काठमाडौं । नयाँ कार खरिद गर्नु प्रायः सबै मानिसको सपना र लक्ष्यभित्र पर्ने गर्छ । तर, कार खरिद गर्नुपूर्व आवश्यक अनुसन्धान, स्थान, मूल्यलगायतका विषयमा छलफल गर्नु अत्यावस्यक मानिन्छ ।

प्रविधिको विस्तार भएसँगै घरमै बसी स्मार्टफोनको माध्यमबाट आवश्यक जानकारी संकलन गर्न सहज भएको छ । नेपाल जस्तो देश जहाँ एउटा कार किन्न निकै ठूलो धनरासीको खर्च गर्नुपर्ने हुन्छ । त्यसैले गाडी किन्ने सोच बनाइसकेपछि यी तयारी गर्नुभयो भने सहज हुने छ । 

सवारीसाधन र विशेषताबारे अध्ययन गर्ने

कार किन्नुपूर्व आफुले किन्न चाहेको कारको विशेषता, बनावट, मूल्यलगायत सबै कुराको सुनिश्चित गर्नुपर्ने हुन्छ । सवारी विज्ञ, कम्पनीको प्रमुख वा अटोमेकर साइटमार्फत् कारको सम्पूर्ण जानकारी नबुझी कार खरिदगर्दा विभिन्न समस्या निम्तिन सक्छ । इन्टरनेट प्रयोगकर्ताले वेभसाइटमार्फत् आवश्यक जानकारी संकलन गर्न सक्छन् । 

ऋणको सुनिश्चितता गर्ने 

आफ्नो आवश्यकताबमोजिम कति ऋण लिनसक्ने हो, त्यो सुनिश्चित गर्नुपर्छ । कार किन्नुपूर्व आफूले लगानी गर्नु पर्ने ३५ प्रतिशत डाउनपेइमेन्ट स.कलन गर्नुपर्छ । त्यसपछि बैंकसँग फाइनान्सिङ्ग व्यवस्थाबारे बुझ्नुपर्छ । फाइनान्सिङ्गको योजना विना नै ६० महिनाभन्दा बढी अवधिको किस्ता लिँदा समस्या सिर्जना हुनसक्छ । लोन एम्प्रुभगर्दा आफ्नो पेशा, तलबलगायतका जानकारी बैंक वा फाइनान्स कम्पनीलाई उपलब्ध गराउनुपर्ने हुन्छ । 

टेस्ट–ड्राइभ

कार किन्नुपूर्व ध्यान दिनुपर्ने अर्काे महत्वपूर्ण कुरा हो, कारको टेस्ट–ड्राइभ । आफ्नो मन छुने रङ्ग, ट्रीम–लेभल र विशेषताबारे जानकारी लिएसँगै कारको टेस्टड्राइभ गर्नु निकै महत्वपूर्ण मानिन्छ । कम्पनीहरुले कार टेष्ट ड्राइभ गराउने गर्छन् । 

त्यसक्रममा आफुले मात्रै त्यो कारको विशेषता पत्तालगाउन नसकिन सक्छ, त्यसैले अन्य ब्यक्तिको सहायता लिनु उचित हुन्छ । खरिदकर्ताले कारको पफर्मेन्स जान्नका लागि अनिवार्य टेस्ट–ड्राइभ गर्र्नैपर्छ । 

सेलप्राइस र वारेन्टीको चेक–जाँच

कारको छनौटपश्चात् यसको मूल्य र वारेन्टीको निर्धारण गर्नुपर्छ । कम्तीमा पनि आफूले किन्न चाहेको कारबारे जान्नैका लागि तीनवटा डिलरसिपको सेल्स डिर्पामेन्टसँग कल, म्यासेजबारे जानकारी लिनुपर्छ । प्रत्येक डिलरसँग अतिरिक्त ऐसेशोरिजसँगै सेलिङ्ग प्राइसबारे सोधपुछ गर्नुपर्छ । सबै जानकारी संकलनपश्चात् ट्याक्स र अन्य शुल्क निश्चित गर्नुपर्छ । साथै, डिलरसिपसमक्ष पेन्ट सुरक्षा, वारेन्टी, आफ्टर सेल्स सर्भिसबारे बुझ्नुपर्छ । 

फाइनान्सिङ्गबारे समीक्षा गर्ने

कारको मूल्य निर्धारणपश्चात् आफूले भुक्तानी गरेको मूल्य कतिको जायज छ, एकपटक समिक्षा गर्नु आवश्यक रहन्छ । कतिपय मानिसले एउटै कारको मूल्य बढी तिरेका हुन्छन् त कसैले कम । राम्रो कार खरिद गर्नका लागि मूल्य निर्धारण निकै महत्वूर्ण मानिन्छ । 

ब्याजदर तथा ट्रेड–इन् भ्यालू पनि डिलकै महत्वपूर्ण पाटो हुन् । साथै, बिक्रेता वा डिलरसिपले आफूलाई कस्तो व्यवहार गर्छ । सोको आधारमा पनि कारको समिक्षा गर्न सकिन्छ । साथै, फाइनान्सिङ्गबारे निक्र्याेल गर्नुपर्छ । 

कार खरिद

फाइनान्सिङ्ग, मूल्यलगायतका विषयको निक्र्याेल भएपछिमात्रै कारको खरिद गर्ने अन्तिम निर्णय गर्नुपर्छ । त्यसरी कार किनेपछि त्यसको इन्स्योरेन्सलगायत बिषयमा सोच्नुपर्छ । डिलको अन्तिम चरणमा कारको नम्बर प्लेट, अतिरिक्त चार्जलगायतका विषयमा थप समिक्षागर्दा उचित रहन्छ । 

डेलिभरी

कार डेलिभरी गरी घर लैजाँदा कार निकै आकर्षक, सुन्दर र सफा देखिनु जरुरी छ । ताकी कारले, सबैको ध्यान तान्न सफल होस् । साथै, कुनै स्क्राच छ वा छैन परीक्षण गर्नुपर्छ । कार किन्नु अपनाइने यस्ता स्टेपले तपाईंलाई राम्रो मूल्यमा आफुलाई उपयूक्त कार किन्न सहयोग गर्ने छ । 


Back_to_top