नयाँ अवतारमा आउँदै फोर्ड इकोस्पोर्ट

काठमाडौं । फोर्डले आफ्नो पहिलो सब फोर मिटर एसयूभी इकोस्पोर्टलाई सन् २०१२ बजारमा ल्याएको थियो । त्यसपछि अहिलेसम्म कम्पनीले यसको नयाँ जेनेरेशन मोडल ल्याएको छैन । अब भने कम्पनीले यसलाई उपग्रेड गरेर ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

कम्पनीले यसको डिजाइनमा केहि परिमार्जन गरेको विषय बाहिर आएको छ । महिन्द्रासँग भारतमा सहकार्य गरेको फोर्डले इकोस्पोर्टको नयाँ डिजाइन इटालियन डिजाइन हाउस पिनान्नफेरीनामा गराएको छ । केहि दिनअघि फोर्डको सि सेग्मेन्ट एसयूभीको फ्रन्ट फेसिका भन्दै समाचार आएको थियो । तर, उक्त फेसिका नयाँ फोर्ड इकोस्पोर्टको भएको दाबी विभिन्न मिडिया रिपोर्टहरुले गरेका छन् ।

ठूलो रेडियटर ग्रिल सहितको नयाँ इकोस्पोर्ट पहिलेको तुलनामा विल्कुलै फरक देखिने छ । नयाँ स्ल्किर पियर हेडल्याम्प र ट्रिपल एलइडी हेडल्याम्पले नयाँ इकोस्पोर्ट थप स्टाइलिस देखिने छ ।

आगामी फेब्रअरीमा नै कम्पनीले नयाँ इकोस्पोर्ट बजारमा ल्याउने तयारी गरिरहेको दाबी विभिन्न रिपोर्टले गरेका छन् । यसमा कम्पनीले १.२ लिटर टर्बो एमस्टेलन टिजीडीआई पेट्रोल इन्जिनमा आउने छ । जुन महिन्द्रा एक्सयूभी ३०० मा पनि प्रयोग भएको छ । उक्त इन्जिनले १३० पीएस पावर र २३० एनएम टर्क प्रदान गर्ने छ ।

साथै, कम्पनीले अहिले प्रयोग गरिरहेको १.५ लिटर इन्जिनलाई पनि निरन्तरता दिने अनुमान गरिएको छ । कम्पनीले यसको इन्टेरियरमा पनि परिमार्जन गर्ने अनुमान गरिएको छ ।


Back_to_top