क्रेटा र सेल्टोसलाई टक्कर दिन ल्याउने फक्सवागनको नयाँ एसयूभीमा हजार सीसीको इन्जिन !

काठमाडौं । हुन्डाई क्रेटा र किया सेल्टोसको सफलतालाई हेर्दै फक्सवागनले भारतमा नयाँ एसयूभी ‘टाइगुन’ ल्याउने तयारीलाई तिब्रता दिएको छ । कम्पनीले नयाँ टाइगुनको टिजर सार्वजनिक गरेर यसलाई चाँडै बजारमा ल्याउने संकेत दिएको हो ।

यद्यपी कम्पनीले ल्याउने यति ठूलो एसयूभीमा १.० लिटर, थ्रि सिलिण्डर, टिएसआई इन्जिन रहने बताइएको छ । उक्त इन्जिनले अधिकतम ११३ बीएच पावर र २०० एनएम टर्क प्रदान गर्ने छ ।

उक्त इन्जिनमा ६ स्पीड म्यानुअल र ७ स्पीड डिएसजी अटोमेटिक गियरबक्स दिने अनुमान गरिएको छ । यसमा अल ह्वील ड्राइभ सिस्टम दिने रिपोर्टहरुमा उल्लेख छ । यद्यपी कम्पनीले यसको पुष्टि भने गरेको छैन । भारतीय बजारमा फक्सवागनको बजार हिस्सा ५ प्रतिशत पुर्याउने लक्ष्य सहित कम्पनीले बजारमा नयाँ एसयूभी ल्याउन लागेको हो ।

फक्सवागनको भिजन इन्डिया प्लान अन्तर्गत बन्दै गरेको नयाँ एसयूभी ‘एमक्यूबी ए-जिरो इन’ प्ल्याटफर्ममा बनिरहेको छ । नेपालमा पुजा इन्टरनेशनल नेपालले फक्सवागनको आधिकारीक विक्री वितरण गरिरहेको छ । कम्पनीले भारतमा सार्वजनिक गरेको केहि समयपछि यसलाई नेपालमा पनि विक्री सुरु गर्ने जनाएको छ ।


Back_to_top