नेपाल आयो ३५ लाखको स्कुटर, यस्ता छन् फिचर

काठमाडौं । नेपाली बजारमा यामाहाले ३४ लाख ९९ हजार मूल्यमा विक्री गर्नेगरि नयाँ स्कुटर सार्वजनिक गरेको छ । यामाहाको नेपालको लागि आधिकारिक वितरक एमएमडब्ल्यू इन्टरप्राइजेज्ले ५६० सीसी क्षमताको टीम्याक्स ५६० ल्याएको हो ।

यसअघि पनि नेपालमा सबैभन्दा महंगो स्कुटर यामाहा एनम्याक्स १५५ थियो । एनम्याक्स १५५ टीम्याक्स ५६० बटा प्रेरित स्कुटर हो ।

यामाहा टीम्याक्समा प्यारलल ट्वीन सिलिन्डर, फोर भल्भ, डीओएचसी एफआई युरो फाइभ, लिक्वीड कुल्ड ५६२ सीसी इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ४७.५८ पीएस पावर र ५५.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरमा १८५ किलोमिटर प्रतिघन्टाको टप स्पीड क्षमता रहेको छ ।

यो स्कुटरमा १५ लिटर क्षमताको फ्यूल ट्याङ्क रहेको छ । यसले २० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी रहेको छ । यसको दुबै ह्वीलमा डिस्क ब्रेक रहेको छ भने, डबल च्यानल एबीएस रहेको छ । यसको फ्रन्टमा यूएसडी टेलीस्कोपिक फ्रर्क र रियरमा युनिट स्वीङआर्म सस्पेन्सन रहेको छ ।

यो स्कुटरको कुल तौल २१८ किलोग्राम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १२५ एमएम रहेको छ ।


Back_to_top