जनवरी अन्तिममा नेपाल आउँदै जीप ‘कम्पास’ फेसलिफ्ट

काठमाडौं । अमेरिकी अटो कम्पनी जीपले भारतमा उत्पादन गरेको एसयूभी ‘कम्पास’को फेसलिफ्ट आगामी जनवरी ७ मा लन्च गर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमा डेब्यु गरेको केहि महिनापछि भारतमा लन्च हुन लागेको कम्पास फेसलिफ्ट जनवरी अन्तिमसम्ममा नेपालमा पनि सार्वजनिक हुने लाइफ अटोमोवाइल स्रोतले जनकारी दिएको छ ।

जीपले कम्पासको इन्टेरियर र एक्टेरियरमा व्यापक परिवर्तन गर्न लागेको हो । जीप कम्पास फेसलिफ्टमा एलइडी डिआरएल सहितको रिभाइज्ड हेडल्याम्प दिइएको छ । यसको ग्रिल पनि परिवर्तनगरि हनिकम्ब सहितको जीपको ७ स्ल्याट भएको नयाँ दिइएको छ । अगाडिको बम्परमा नयाँ स्कीड प्लेट सहितको फग लाइट हाउजिङ्ग दिइएको छ । जीपले कम्पासमा दिइएको अलोय ह्वीललाई समेत परिमार्जन गरेको छ ।

जीप कम्पासको ड्यासबोर्डमा नयाँ १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । स्कृनको ठ्याक्कै मुनी नयाँ डिजाइनको एसी भेन्ट तथा एसी कन्ट्रोल युनिट रहेको छ । यसको इन्फोटेन्मेन्ट सिस्टममा एफसीएको यूकनेक्ट ५ इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ ।

जीप कम्पासको ड्यासबोर्डमा डबल स्टीच लेदर तथा ब्रस्ट आल्मुनियम जस्तो देखिने मेटेरियल प्रयोग गरिएको छ । नयाँ कम्पासमा थ्री स्पोक स्टेरिङ ह्वील तथा फुल डिजीटल इन्ट्रुमेन्ट क्लष्टर ग्राहकले पाउने छन् ।

नयाँ कम्पासमा पुरानै २.० लिटरको डिजल इन्जिन रहने छ । उक्त इन्जिनले १७३ एचपी पावर तथा ३५० एनएम टर्क उत्पादन गर्छ ।

त्यस्तै यसमा रहने १.४ लिटर टर्बो पेट्रोल इन्जिनले १६३ एचपी पावर तथा २५० एनएम टर्क प्रदान गर्ने छ । दुबै इन्जिनमा ६ स्पीडको म्यानुअल गियरबक्स स्टान्डर्ड रहेको छ । पेट्रोल पावर कम्पासमा भने ७ स्पीड डियूल क्लच अटोमेटिक तथा डिजलमा ९ स्पिडको टर्क कन्भटर अटोमेटिक गियर अप्सन रहने छ ।


Back_to_top