काठमाडौं । लामो समय देखि बन्द रहेको सवारी साधनको अनुपति पत्रको आवेदन खुल्ला भएका छ । कोभिडका कारण बन्द रहेको आवेदन फारम विभागले आजदेखि पुन शुचारु गरेको हो ।
यातायात व्यवस्था विभागले हाल अनलाइन आवदेन मात्र लिने जनाएको छ ।
यातायात व्यवस्था विभागले स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्डहरु पालन गर्ने व्यवस्था गरी मंगलबार देखि आवदेन खुल्ला गरेको हो।
सेवाग्राहीले अनलाइन मार्फत बिहान ६ बजेदेखि राती १० बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

