फुलचार्जमा ८ सय किमि माइलेज दिने ब्याट्री पत्ता लागेको बैज्ञानिकहरुको दाबी

अमेरिकी इलिनोइस विश्वविद्यालयका अनुषन्धानकर्ताहरुले इलेक्ट्रीक सवारीसाधनमा प्रयोग हुने व्याट्रीमा नयाँ आविष्कार गरेको दाबी गरेका छन् । उक्त रिर्सचलाई एडभान्स मेटेरियल पत्रिकाले जनवरीमा प्रकाशन गरेको थियो । 

रिपोर्टका अनुसार खोजकर्ताहरुले पत्ता लगाएको नयाँ व्याट्रीले कम्तीमा ८०० किलोमिटरको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । 

संसारभर इलेक्ट्रीक सवारीसाधनको रेन्ज बढाउन अनुषन्धान भइरहेको समयमा विश्वविद्यालयका अनुषन्धानकर्ताले नयाँ व्याट्री आविष्कार गरेको दाबी गरेका हुन् । अहिले इलेक्ट्रीक गाडीमा प्रयोग भइरहेको लिथियम आयोन व्याट्रीको बदलामा लिथियम एयर व्याट्री ल्याउने अनुषन्धान कर्ताले दाबी गरेका हुन् । 

लिथियम एयर व्याट्रीले पुरानो लिथियम आयोन व्याट्रीभन्दा १० गुणासम्म बढी चार्ज संचितिगर्ने उनिहरुले दाबी गरेका छन् । तर, उनिहरुको यो प्रोजेक्ट अहिले प्ररम्भिक चरणमा नै रहेकाले यसको पर्फमेन्स कस्तो रहन्छ भन्ने विषयमा केही भन्न सक्ने अवस्था छैन । 

यो व्याट्री लिथियम आयोनभन्दा निकै हलुको हुने अनुषन्धानकर्ताहरुले बताएका छन् । बैज्ञानिकहरुका अनुसार यी व्याट्रीमा हुने रासायनिक पदार्थले धेरै छिटो काम गर्ने र त्यसैको आधारमा धेरै उर्जा संचिति गर्ने दाबी गरिएको छ । 


Back_to_top