भोलिबाट बजारमा आउँदै ‘निसान ग्राभिटी’, माइलेज धेरै पाइने

काठमडौं । निसानले भारतमा उत्पादन गरेको नयाँ नयाँ मल्टी पर्पस भेहिकल (एमपीभी) ग्राभिटी भोलि फेब्रुअरी १७ तारिखमा सार्वजनिक हुने भएको छ । कम्पनीले रेनो ट्राइबरमा आधारित रहेर उत्पादन गरेको ७ सिटे गाडी बिक्री थाल्न लागेको हो ।

निसान ग्राभिटी ‘सीएमएफ ए प्लस प्लेटफर्म’मा बनेको हो । ठ्याक्कै चार मिटरभन्दा केही मात्रै छोटो गाडीलाई कम्पनीले ७ सिट क्षमतामा बजारमा उतार्न लागेको छ ।

भारतमा बिक्री सुरु भएको केही महिना भित्रै नेपाल पनि आउने ग्राभिटी मोडल रेनो ट्राइबरभन्दा बिल्कुलै फरक देखिएको छ । यसको फ्रन्ट लुक्स निकै आकर्षक छ । साथै, गाडीको पछाडिको भाग पनि निकै मोर्डन डिजाइनमा तयार भएको देखिन्छ ।

निकै स्टाइलिस अलोय ह्वील, मोर्डन बम्पर, बिल्कुलै नयाँ फ्रन्ट ग्रिल प्रयोग भएको देखिएको छ । हेडल्याम्प भने ट्राइबरको जस्तै देखिन्छ । अन्य लाइटमा भने निसानले फरकपन दिएको छ ।

ग्राभिटी मोडलको पछाडिको भाग विल्कुलै नयाँ टेल लाइट दिइएको छ । दुई लाइटको बीचमा निसानको लोगो र त्योभन्दा तल्लो भागमा ग्राभिटीको ब्याचिङ देख्न पाइन्छ ।

निसानले ग्राभिटीको ड्यासबोर्डमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र चालकको लागि सुचना प्रदान गर्न ७ इन्चको सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । कारमा वायरलेस चार्जर, पुस बटम स्टार्ट÷स्टप बटम, पार्किङ सेन्सर, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर सिस्टम, रियर भ्यू क्यामेरा, ६ एयरब्याग रहने छ ।

निसानले ग्राभिटी एमपीभीमा १.० लिटर पेट्रोल इन्जिन रहने छ । यसले प्रति लिटर २० किलोमिटर माथिको माइलेज दिने अनुमान गरिएको छ । सानो इन्जिन भएको कारण यसले राम्रो माइलेज दिने अनुमान गरिएकाे हाे । यसमा रहेको इन्जिनले ७६ हर्सपावर र ९५ न्यूटन मिटर टर्क प्रदान गर्छ ।


Back_to_top