काठमाडौं । निसानले भारतमा उत्पादन गरेको नयाँ मल्टी पर्पस भेहिकल (एमपीभी) ग्राभिटी दुईसातापछि सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले आगामी फेब्रुअरी १७ तारिखमा उक्त एमपीभी सार्वजनिक गर्ने घोषणा गरेको हो ।
निसान ग्राभिटी ‘सीएमएफ ए प्लस प्लेटफर्म’मा बनेको हो । निसानले रेनो ट्राइबरमा आधारित यो एमपीभी निकै स्टाइलिस अलोय ह्वील, मोर्डन बम्पर, विल्कुलै नयाँ फ्रन्ट ग्रिल प्रयोग भएको छ । हेडल्याम्प भने ट्राइबरको जस्तै देखिन्छ । अन्य लाइटमा भने निसानले फरकपन दिएको छ ।
ग्राभिटी मोडलको पछाडिको भाग विल्कुलै नयाँ टेल लाइट दिइएको छ । दुई लाइटको बीचमा निसानको लोगो र त्योभन्दा तल्लो भागमा ग्राभिटीको ब्याचिङ देख्न पाइन्छ ।

निसानले ग्राभिटीको ड्यासबोर्डमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र चालकको लागि सूचना प्रदान गर्न ७ इन्चको सेमी डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । कारमा वायरलेस चार्जर, पुस बटम स्टार्टरस्टप बटम, पार्किङ सेन्सर, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर सिस्टम, रियर भ्यू क्यामेरा, ६ एयरब्याग छ ।
ग्राभिटी एमपीभीमा १.० लिटर पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले ७६ हर्सपावर र ९५ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स छ ।


